१३औँ सागका क्रममा विवाद: पदक नपाएपछि खेलाडी धर्नामा, खेल प्रभावित

dainikonline
दैनिक अनलाइन | मंसिर १८, २०७६ बुधबार | 0

काठमाडौँ। १३ औँ दक्षिण एसियाली खेलकुद (साग्) अन्तर्गत आज भएको खेलमा विवाद उत्पन्न भएको छ।

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा ताइजिजान थाउलोतर्फको खेलमा रेफ्रीले धाँदली गरेको भन्दै खेलाडीले विरोध गरेका हुन्। रेफ्रीले धाँदली गरेर श्रीलंकालाई स्वर्ण दिएको भन्दै नेपाल र भारतका खेलाडीले विरोध जनाएका हुन्। विवादपछि केही बेर खेलै प्रभावित भएको थियो।

श्रीलंकाले स्वर्ण पाएपछि नेपालका खेलाडी हरि प्रसाद गोलेले म्याटमै बसेर धर्ना दिएका छन् भने दर्शकले म्याटमै पानीका बोतल फ्यालेका छन्।

ताइजिजान थाउलोतर्फको खेलमा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् भने भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिले कास्य पाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय