सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक पहल जरुरी : अध्यक्ष प्रचण्ड

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा आज भएको सवारी दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले बडीगाड गाउँपालिका–७ भीमगिठे नजीकै भएको सवारी दुर्घटनामा परी १४ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले उक्त दुर्घटनामा निधन हुनुभएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ। 

अध्यक्ष प्रचण्डले देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटना नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्र्याइँ समेतका कारण रहँदै आएको उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ।” उहाँले दुर्घटनामा परी निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग  माग गर्नुभएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय