गृह मन्त्रालयद्वारा पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ। 

यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय