एक श्रीमानका दुई श्रीमती, यसरी भयो परिवारै सखाप

dainikonline
एजेन्सी | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । एक व्यक्तिका दुई श्रीमतीले दुई छोरा छोरीको हत्या गरेर श्रीमानसँगै अपार्टमेन्टबाट हाम फालेका छन्। घटनामा श्रीमान र एक श्रीमतीको ज्यान गएको छ भने एकको अवस्था गम्भिर छ। 

यो घटना भारतको गाजियाबाद भन्ने स्थानको हो। श्रीमान र उनका २ श्रीमतीले शंकास्पद परिस्थितिमा अपार्टमेन्टको आठौं तलाबाट हाम्फालेका हुन्। 

हाम्फाल्नुभन्दा पहिले उनीहरुले आफ्ना दुई सन्तानको घाँटी थिचेर हत्या गरेका थिए। पुलिसका अनुसार घरेलु कलह र पैसाको अभावका कारण उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय