ओरालो लागेपछी रविन्द्रलाई खगेन्द्रले यसरी खेदे

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । उपनिर्वाचनमा पराजित भएपछि साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई खगेन्द्र संग्रौलाले कडा जवाफ दिनुभएको छ। 

चुनाव प्रचारमा मुलुकै आफूतिर उल्टिने भो भन्नेर कुरा गर्ने साझाले १ प्रतिशत पनि भोट ल्याउन नसकेको भन्दै संग्रौलाले जनताले सनातनी दलको विकल्प खोजेपनि गफास्टक दल चाही नखोजेको बताउनुभएको हो। 

सामाजिक सञ्जाल ट्वीटमा आफ्नो प्रतिक्रिया दिदै संग्रौलाले लेख्नुभएको छ, चुनाव प्रचारमा बोसहरूले मुलुकै हामीतिर उल्टिने भो टाइपको फुइँ दियाथे,यो खुद्रे चुनावमा साझा र विवेकशील पार्टीले १ प्रतिशत भोट पनि पाएनछन्। भन्देखि अब बुझ्नुपरो, जनताले सनातनी भ्रष्ट दलको विकल्प त अवश्य खोजेका छन्,तर साझा र विवेकशीलजस्ता हावा गफास्टक र भुइँफुट्टा दल होइन।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय