१३औं सागः पुरुष क्रिकेटमा नेपाल पराजित

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नै पराजित भएको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । श्रीलंकालाई जित दिलाउनका लागि सबैभन्दा बढी शाम्मु आसनले ७२ रनको योगदान दिए भने निशान मदुस्काले ४६ रन, पाठुन निसान्काले ३० रनको योगदान दिए ।

नेपालका लागि पवन शर्राफले २ तथा सोमपाल कामी र सुशन भारीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उकृष्ट ब्याटिङ गर्दै ७२ रनको योगदान दिए । यसैगरी पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ तथा आरिफ शेखले १९ रनको योगदान दिएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय