साग फुटबलमा नेपालकाे उत्कृष्ट सुरुवात, भुटान ४-० गाेलले पराजित

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडाैं । नेपालमा जारी १३ औं सागको फुटबलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार भुटानलाई ४–० जनाले पराजित गरेको छ । सुरुदेखि अन्तिमसम्म नै नेपाल भुटानमाथि हाबी भएको थियो । नेपालका लागि सुजल श्रेष्ठले दुई गोल गरेका थिए ।

त्यस्तै मिक्चेल लामा र अभिषेक रिजालले १÷१ गोल गरेका थिए । खेल दशरथ रंगशालमा भएको थियो । त्यस्तै महिला फुटबलमा पनि नेपालले विजयी सुरुवात गरेको छ । पोखरामा भएको खेलमा नेपाली महिला टिमले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय