१३औं साग: नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुग्याे

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म १९ वटा स्वर्ण पदक जितेको छ । एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । पोखरामा भएको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले पुरुष एकलतर्फ स्वर्ण जितेका हुन् । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ । पोखरामा भएको प्रतिस्पर्धा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलंकाका आसिश परेराले कास्य पदकमा चित्त बुझाए ।

त्यस्तै काठमाडौंमा भएको प्रतिस्पर्धा करातेमा ६७ केजीमाथि नवीन रसाइलीले नेपालका लागि १८औं स्वर्ण जिते । आजै उसुअन्तर्गत भएको प्रतिस्पर्धामा नेपालले २ स्वर्ण जितेको छ । थाउलोअन्तर्गत पुरुषतर्फ विजयी सिञ्जालीले स्वर्ण जितेका छन् भने महिला छानछुवानमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छन् । सोमबार नेपालले १५ स्वर्णपदक जितेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय