नायिका ऋचा शर्माकाे बिहेको साइत सार्वजनिक

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । नायिका ऋचा शर्माले आफ्नो बिहेको साइत सार्वजनिक गरेकी छिन् । उनले आफ्नो सामाजिक संजालको माध्यमबाट डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् । ऋचाले बिहेको मिति सार्वजनिक गरेपनि प्रेमीको नाम भने उल्लेख गरेकी छैनन । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय