च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए त्यसपछि...

dainikonline
सांकेतिक तस्बिरः इन्डियाटुडेडटकम
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0
सांकेतिक तस्बिरः इन्डियाटुडेडटकम

पातलो ज्यान। ख्याउटो मुहार। रातो कुर्ता सुरुवालमा थिइन् उनी। घट्दो दिनसँगै चढ्दो चिसोले होला दिउँसै काठमाडौंको जाडो छल्न स्विटर लगाएकी थिइन्।

मलाई देखेपछि उनी असजिलो मान्दै नजिक आइन् र कुर्सीमा बसिन्। उनी कलिलैमा भारतको दिल्लीको यौन कोठीमा बेचिएर चार वर्षपछि स्वदेश फर्किएकी थिइन्।
के सोध्ने ? कुरा कहाँबाट शुरु गर्ने ! अलमल्ल परेँ।
यसो अनुहार हेरेर फिस्स हाँसे। उनले मैतिर हेरिरहेकी रहिछन् तर उनी हाँसिनन्। उनले मलाई हेर्ने, मैले उनलाई हेर्ने।

वातावरण असहज देखेपछि माइती नेपालका अध्यक्ष विश्व खड्काले वातावरण सहज बनाउँन खोज्दै भने, ‘उसैको प्रयासले काकी र काकालाई प्रहरीले समाउन सक्यो नि !’

काका–काकीको नाम लिएपछि उनी आक्रोशित भइन्, ‘त्यसलाई जेलमा कोच्चिएको देख्न पाऊँ।’ खड्का कोठाबाट बाहिरिए। कुराकानी गर्ने माहोल बन्लाजस्तो भयो। माहोल बन्यो पनि। उनीसँग करिब एक घण्टा कुरा हुँदा कुनै पीडादायी फिल्म हेरिरहेकी छु झैँ लाग्यो। एक घण्टामा उनले दिल्लीको यौनकोठीका कहालीलाग्दा चार वर्षका आरोह–अवरोह सुनाउँदा उनी कहिले आक्रोशित हुन्थिन् त कहिले रुन्थिन्। नुवाकोटदेखि दिल्लीको कोठीसम्मको उनको नारकीय यात्रा कथा अब उनकै शब्दमाः
०००
मेरो घर नुवाकोट। सानैमा आमाले छाडेर गइन्। मलाई त आमाको अनुहारै याद छैन। पछि थाहा पाएँ, आमा अर्कौसँग बिहे गरेर गएकी रैछिन्। आमा अन्तै गएपछि बाबुले पनि अर्कै बिहे गरे। घरको आर्थिक अवस्था राम्रो थिएन। सानैमा काम गर्न मेलामा जानुपथ्र्यो। आफ्ना लागि आफैँले काम गर्नुपथ्र्याे। स्कुल जान नि पाइनँ। मैले अक्षर पनि चिनेकी छैन।

एक दिन गाउँका साथीहरुले यहाँ भन्दा त काठमाडौँ गएपछि धेरै काम पाइन्छ, पैसा पनि धेरै हुन्छ भने। सानै थिएँ। धेरै पैसा भनेको कति हो थाहा थिएन। धेरै पैसा कमाउने लोभ लाग्यो अनि घरमा थाहै नदिई भागेँ।

साथीहरु पनि थिए सँगै। बालाजुमा बस रोकियो। सबै मिलेर काम खोज्न थाल्यौं। एउटा होटलमा भाँडा माझ्ने काम पाएँ मैले। त्यहीँ बसेँ। होटलको साहुनीले माया गर्थिन् मलाई। बिहान–बेलुका काम गरेर स्कुल जाने कि पैसा राख्छेऊ भनेर सोधेकी थिइन्। मलाई त्यतिबेला पढेर के हुन्छ थाहा थिएन। त्यस्तै १२ वर्षकी त थिएँ ! पैसा भए के–के न हुन्छ भन्ने लाग्यो। पैसा राख्छु भनेँ।
मिति याद छैन। म अहिले २२ वर्षकी भएँ। त्यही आधारमा लेख्नुहोला।

उनीहरुले मलाई च्याप्पै समातेर एउटा कोठामा लगे अनि ओछ्यानमा राखे। मेरो सबै कपडा खोलियो। डोरीले हात खुट्टा बाँधिदिए। अनि त्यहीँ मेरो बुबा समानको मान्छेले जबरजस्ती ग-यो। त्यो दिन यस्तो दुखेको थियो कि अहिले सम्झँदा पनि मेरो आङ सिरिङ्ग हुन्छ। त्यो मान्छेले मलाई जबरजस्ती गरेपछि हाँसेको थियो। त्यो अनुहार म अहिले पनि बिर्सन्नँ।

एक दिन मलाई खोज्दै काकी होटलमा आइछन्। उनले मलाई यहाँ बसेर मात्र केही हुँदैन, घरै बसेर पढ्नुपर्छ भनिन्। आफ्नै काकीले घर जाउँ भनेपछि ‘जाउँ कि क्या हो’ भन्ने लाग्यो। १२÷१३ वर्ष भइसक्दा अक्षर फुटाउन सकेकी छैन। गाह्रो होला कि भन्ने पनि सोचेँ। काकीले घर जान कर गरिरहिन्। काकीका सन्तान पनि थिएनन्। त्यतिबेला लाग्यो, काकीको सन्तान नभएर मलाई आफ्नै छोरीलाई जसरी माया गर्नुभएको होला ! यही सोचेर सँगै नुवाकोट लागेँ।

त्यसको केही दिनमा काकीले बाहिर जाने भनिन्। काकाले पनि जाऊ न त भने। मलाई आफ्नै काकाकाकीले भनेपछि विश्वास लाग्ने नै भयो। आमाको माया नपाएकी म विरक्तिएकी पनि थिएँ। काकीले आफ्नै छोरीजस्तो गरेपछि म रत्तिसकेकी थिएँ। काकीले गाडीमा राखेर पढ्न जाने भनिन्। कहाँ जाने ? के गर्ने ? थाहा थिएन। आमाजस्ती काकीको पुरै विश्वास थियो। सोध्दा पनि सोधिनँ।

मलाई अहिले पनि असाध्यै गाडी लाग्छ। गाडी चढ्यो कि भनन टाउको घुम्छ। काकीले गाडी नलाग्ने औषधी हो खाऊ भनेर चक्की दिइन्। मैले निलिदिएँ। खै कतातिर पुगेपछि हो, ब्युँझिएँ। औषधी खान्छौँ भनिन्, फेरि खाएँ।

त्यो त लठ्याउने औषधी पो रहेछ, मलाई के थाहा ? आमा समानकी काकीले यस्तो औषधी खुवाउँछिन् भन्ने लाग्दै लागेन। त्यो औषधी त लठ्याउने रहेछ भनेर त धेरैपछि थाहा पाएँ।

एक महिनामै जवान
आँखा खुल्दा नौलो ठाउँमा थिएँ म। कहिल्यै नदेखेको शहर। कहिल्यै नदेखेका मान्छेहरु। कहिल्यै नसुनेको भाषा। त्यो भारतको मधुवन रहेछ। काकीले सुरुमा ‘यतै बस् यहीँकाले काम लगाइदिन्छन्’ भनिन्। मैले ‘तपाई चैँ कहाँ जानुहुन्छ ?’ भनेर सोधेँ।

२/४ दिनमा फर्किन्छु भनेर काकी निस्किइन्। जब काकी हिँडिन् मेरा दुःखका दिन शुरु भए। उनीहरुले पनि मलाई औषधी खा भने। त्यो औषधी यस्तो गन्हाउँथ्यो कि मुखैमा हाल्न मन नलाग्ने। औषधी नजिक पुग्दासमेत बान्ता आउला जस्तो हुन्थ्यो। मैले खान मानिनँ।

काकीले २/४ दिनमा आउँछु भनेकी थिइन्। म उनलाई पर्खेर बस्न थालेँ। एक हप्ता नाघिसक्यो तर काकी आइनन्। जब–जब उनीहरुले मलाई औषधी खा भन्थे म काकी आउने बाटो हेर्दै रुन्थेँ तर काकी फर्केर आइनन्। अत्यास लाग्न थाल्यो। उनीहरुले नदेख्ने गरी रुन्थेँ।

म एकदम सिकुटी थिएँ। भर्खर पहिलो पटक महिनावारी भएकी थिएँ। औषधी खान नमानेपछि उनीहरुले खै अस्पताल हो कि कहाँ हो दुई पटक लिएर गए र सुई लगाइदिए। एक महिना उनीहरुले मलाई पोषिलो खाना दिए।  पछि पनि औषधी खा भन्थे। मैले खाइनँ तर उनीहरुले अरु खानामा मिसाएर दिन्थे कि जस्तो लाग्छ अहिले।

एक महिनामै मेरो शरीरका अंगहरु ठूला हुन थाले। के भइराखेको हो केही पत्तो थिएन। सोध्नु कसलाई ? म त हेर्दाहेर्दै बडेमाको पो देखिन थालेँ। १४ वर्षकी थिएँ। ऐना हेर्दा त त्यहाँ भएका २०–२२ वर्षका दिदीहरु जत्रै देखिन थालेँ।
मलाई आफ्नै जिउ आफ्नो जस्तो लागेन। नरमाइलो लाग्यो।

काश्मिरी बिल्डिङ, कोठी नम्बर ५११
एक महिनापछि त म उनीहरुले सोचेजस्ती भइछु क्यारे ! अब काम गर्नुपर्छ भन्न थाले। के काम हो थाहा थिएन। होटलको जस्तै भाँडा माझ्ने हो कि भन्ने नि लाग्यो। तापनि सोधी हालेँ– के काम ? ‘जे–जे भन्छन् त्यही मान्नू, उनीहरुले दिएको कपडा लगाउनू, मुखमुखै नबाझ्नू, उतै गएपछि तिमीलाई सिकाउँछन्,’ भने।

त्यताबाट अन्तै लगे। मलाई सुरुमा काश्मिरी बिल्डङको कोठी नम्बर ५११ मा पु-याएका रहेछन्। त्यहाँ त सबै नेपाली ! कोही रसुवाका, कोही सिन्धुपाल्चोकका। एक जना दिदीले अरुले नसुन्ने गरी भनिन्, ‘किन आएकी यहाँ ? यहाँ त लोग्नेमान्छे आउँछन्। यस्तो यस्तो काम गर्नुपर्छ।’

म त तर्सिएँ। केटा मान्छेसँग सुत्नुपर्छ भन्नेबित्तिक्कै रुन थालेँ। तर रोएर के नै हुने रहेछ र ? त्यो कोठी भरी ४०/४५ जना मै जस्ता केटीहरु थिए। कोही अ‍ैयाअ‍ैया भनिरहेका, कोही चिच्चाइरहेका, कसैको जिउभरि खटिरा आएको, त्यो देखेर त मलाई कता भागौं, कता भागौं भयो। तर कसरी भाग्न सक्नु ?

उनीहरुले मलाई मेकअप गर्दिए। छोटा लुगा लगाइदिए। मेकअप गरेको कोठाबाट बाहिर निकालेर केटैकेटा भएको ठाउँमा लिएर गए। ‘अब तयार होऊ,’ कोठीकी साहुनीले भनी। मेरो बाको उमेरका मान्छेले शीरदेखि पुछारसम्म मलाई नापी–नापी हे-यो। उसले खाउँलाझैँ गरेर हेर्दा मेरो जिउ पुरै गल्यो। डरले काम्न थालेँ। म त्यति बेला रोएँ, चिच्चाएँ।

केटा मान्छेसँग सुत्नुपर्छ भन्नेबित्तिक्कै रुन थालेँ तर रोएर के नै हुने रहेछ र ! त्यो कोठी भरी ४०/४५ जना मै जस्ता केटीहरु थिए। कोही अ‍ैयाअ‍ैया भनिरहेका, कोही चिच्चाइरहेका, कसैको जिउभरि खटिरा आएको, त्यो देखेर त मलाई कता भागौं, कता भागौं भयो तर कसरी भाग्न सक्नु र ?

उनीहरुले मलाई च्याप्पै समातेर एउटा कोठामा लगे अनि ओछ्यानमा राखे। मेरा सबै कपडा खोलियो। डोरीले हातखुट्टा बाँधिदिए। अनि त्यही मेरो बुबा समानको मान्छेले जबरजस्ती ग-यो। त्यो दिन यस्तो दुखेको थियो कि अहिले सम्झँदा पनि मेरो आङ सिरिङ्ग हुन्छ। त्यो मान्छेले मलाई जबरजस्ती गरेपछि हाँसेको थियो। त्यो अनुहार म अहिले पनि बिर्सन्नँ।

त्यो गएपछि डोरीले बाँधेको हात खुट्टा खोलिदिए। बाँध्दा दुखेका हातखुट्टा चलाएँ।  त्यतिबेलासम्म म जम्मा एकचोटी महिनावारी भएकी थिएँ। रातभरि रोएँ।

दिनकै ४० ग्राहक
कोठी नम्बर ५११ मा दिनमा ४०/४५ जनासम्म ग्राहक आउँथे। एक जना ग्राहक १५ मिनेट भन्दा बढी बस्न पाउँदैनथेँ। कोही–कोही ग्राहकले मलाई पनि पैसा दिन्थे। कोही मीठो बोल्थेँ। सय, दुई सयदेखि हजार भारुसम्म लुकाएर दिन्थे। कसैलाई नदेखाई राख भन्थे।

दैनिक ४०/४५ जनासँग त्यस्तो काम गर्नुपर्दा निकै थाकिन्थ्यो। जिउ गलेर उठ्न बस्न हुँदैनथ्यो। त्यतिबेला खुब घर सम्झन्थेँ। आमाको अनुहार त राम्रोसँग याद छैन। खान लाउन गाह्रो भएर पढाउन नसके पनि बाले धेरै माया गर्थे। बाको याद आइरहन्थ्यो। घर गाउँको साह्रै याद आउँथ्यो। त्यतिबेला कसैले नदेख्ने गरी एक्लै रुन्थेँ।

ग्राहकसँग बोल्न पनि नहुने। बोलेको चाल पाए ठटाइहाल्थे। ग्राहकसँग नबोल, खुसी पार भन्थे। एक दिन एक जना हट्टाकट्टा मान्छे आए। उनले बाहिर त्यस्तै तीन सय तिरेका रहेछन्। दिउँसो र बेलुकाको दर फरक हुन्थ्यो। त्यो मान्छे पुलिस रहेछ। उसले मलाई कोठामा हजार रुपैयाँ दियो। मलाई केही पनि गरेन। पाँचै मिनेटमा फर्कियो पनि। सायद ऊ त्यहाँ के हुन्छ भनेर बुझ्न आएको थियो होला।

त्यसको एक–दुई दिनमा हामीलाई बाहिर लगियो। पुलिस छापा मार्न आउने दिन हामीलाई सामान्य पोसाकमा घुमाउन लगिन्थ्यो। हामीलाई भाग्न नदिन उनीहरुका मान्छे हुन्थे सँगै। भाग्नु पनि कसरी ? कहाँबाट कता जाने केही थाहा थिएन।

सधैँ आउने त्यो ग्राहक
म बिहान १२ बजेतिर तयार हुन्थेँ। उनीहरुले दिएको लुगा लगायो, मेकअप ग-यो अनि थरिथरिका ग्राहक कु-यो, बस्यो। कोही–कोही नियमित ग्राहक पनि आउँथेँ। नियमित आउनेलाई को नयाँ छन्, को पुरानो हुन्, थाहा हुन्थ्यो। त्यही भएर हामीलाई सरुवा गरिरहने रै’छन्।

५११ नम्बरको कोठीमा दुई वर्ष बसेपछि कोठी नम्बर ६४ मा लगे। त्यहाँ पनि काम उस्तै। ग्राहक उस्तै। त्यता चैँ कोही कोही नेपाली ग्राहक पनि आउँथे। त्यो पहिलो पटक आउने ग्राहकझैँ नराम्रो व्यवहार त कसैले गरेनन्।

नेपालगञ्जतिरको एक नेपाली अमर (नाम परिर्वतन) आइरहन्थे मेरो कोठीमा। खै किन हो तिनले जहिले आए पनि मलाईबाहेक कसैलाई छान्दैनथे। उनी कहिले हप्ताको एक चोटी आउँथेँ, कहिले महिनाको एक चोटी। मैले पनि उसको बाटो हेर्न थालेकी थिएँ। छिटो आइदिए नि हुन्थ्यो भन्ने लागिरहन्थ्यो।

एक दिन उसले अकस्मात् भन्यो, ‘तिमी सधैँ यहीँ बसिरहने हो कि बाहिर पनि जाने हो ?’  म त झस्किएँ। सोधेँ, ‘कहाँ जानु बाहिर ?’
मैले केही चिनेको थिइनँ। त्यसमाथि एउटा कोठीबाट अर्काे कोठी ल्याउँदा पु-याउँदाबाहेक अघिपछि हामीलाई बाहिरी संसार अँध्यारो थियो।

आउँदा आउँदा उसले त मलाई मन पराउन थालेको रहेछ। त्यही भएर सात महिनादेखि मेरो कोठीमा आएको आएै गरेको रहेछ। चार वर्षमा नै मेरो शरीरभरि घाउ आउन थालेको थियो। ज्वरो आइरहन्थ्यो। धन्न त्यति बेला ग्राहकले हेर्दैनथेँ। हेर्ने भएको भए त काममा दलाउँथे होलान्।

अमरले भाग्नुपर्छ भनेर दिनदिनै भन्न थाल्यो। मलाई फेरि अर्काे कोठी सारियो। त्यो कोठी नम्बर ४० रैछ। मलाई लाग्यो, अमरलाई यो कुरा थाहा छैन। उसलाई कसरी भेट्ने होला ?

एक दिन ऊ मलाई खोज्दै आइपुग्यो। फेरि उही कुरा। मैले कोठा खोजिसकेको छु जाऊँ उतै बसौँ भन्न थाल्यो। ऊ होटलमा कुक थियो। मेरो शरीर पनि घाउ आएर उठ्न बस्न भएको थिएन। जे त होला ऊसितै जाउँ जस्तो लाग्यो।
कसरी जाने ? उसले त लिन गाडी लिएर आउँछु भन्यो। मैले पनि साहुनीलाई भनेकी थिएँँ, ‘अरु घर गएर आएका छन् मलाई पनि जान दिनू।’

केही समय फर्केर आउँछु भन्दा अरुलाई घरै जान दिएको देखेकी थिएँ। मेरो शरीरले निकै दुःख दिइरहेको थियो। उनीहरुले पनि सित्तैमा के पाल्थे र ? मलाई बाहिर जान दिए। म अमरसँग भागेँ।

उपचारमा ६ महिना
अमर निकै असल थियो। अरु जस्तो थिएन। उसले मलाई कहिल्यै जबरजस्ती गरेन। उसले मलाई अस्पताल पु-यायो। खाना, औषधी समय–समयमा खुवायो। बिहान खाना र औषधी खुवाएर ऊ काम गर्न होटल जान्थ्यो। बेलुका आठ बजे आएर खाना बनाएर खुवाउँथ्यो। उसले कहिल्यै मलाई चर्काे स्वर गरेन। म तङ्ग्रिदै गएँ। तीन महिना आराम गरेपछि काम गर्न सक्ने भएँ।

एक दिन अमरले भन्यो, ‘काम गर्ने इच्छा छ भने तिम्रो खुसी, म रोक्दिनँ।’ मलाई पनि कोठामा बस्दा–बस्दा अत्यास लागेको थियो। ऊ र म सँगै काम गर्न जाने भयौँ। बिहान सँगै काम गर्न जान्थ्यौँ, बेलुकी सँगै फर्कन्थ्यौँ। बिदाको दिनमा घुम्न पनि जान्थ्यौँ।

होटलको साहुले अमरलाई निकै माया गथ्र्यो। साहुले तिमीहरुले यहीँ विवाह गर भनेको थियो। मलाई भने एकचोटी नेपाल फर्किन मन थियो। मैले अमरलाई नेपाल जाम भनेँ। उसको घर नेपालगञ्जमा थियो। हामी नेपाल आउने भयौँ।

अमर पक्कै लिन आउँछ
हामी दुवै जना नेपालगञ्ज आयौँ। पूजा भन्ने नेपालगञ्जतिरकै साथी थिई। म उसैको घरमा बसेँ। अमरले विवाह गर्ने कुरा गर्थे। मलाई भने डर लाग्यो। कारण त्यही कोठीको बास थियो।

कोठीमा बसेकाहरुको सन्तान हुँदैन भनेको सुनेकी थिएँ। हाम्रो पनि भएन भने अमरलाई गाह्रो पर्ला भनेर डर लागिरह्यो। मैले उसलाई यही भनेँ। उसले ‘जस्तो अवस्था आए पनि तिमीलाइ छाड्दिनँ’ भनिरह्यो। ऊ केही दिन नेपालमा बसेर दिल्ली फर्कियो।

कोठीमा बसेकालाई धेरैले राम्रो नजरले हेर्दैनन्। को कसरी फँसेको हुन्छ कसैलाई चासै हुन्न। रहरले नै काम गरेको भन्ठान्छन् तर अमर त्यस्तो थिएन। उसलाई मेरो बारेमा सबै थाहा थियो। उसले मलाई अघोरै माया गथ्र्यो। तैपनि विवाह गर्न डर लागिरह्यो।

अमर इन्डियामा नै छ। मलाई भेट्न जान मन लाग्यो। २०७४ को तीजमा नेपालगञ्जबाट जाँदै थियौँ। त्यतिबेला मेरो साथी थिई। हामीसँग कागजात केही पनि थिएन। त्यही बेला नाकामा हामीलाई केहीले हेरिरहेका रहेछन्। भारतमा बेचिन पुग्लान् भनेर माइती नेपालको नेपालगञ्ज शाखामा ल्याए। अनि मात्र मलाई काकीले बेचेकी रहिछन् भनेर थाहा भयो। मलाई त काकीले कामकै लागि भारत लैजाँदा म आफैँ फँसेको जस्तो लाग्थ्यो, हैन रहेछ। उसले मलाई १० हजार भारुमा बेचेकी रै’छे।
निक्कैबेर भक्कानिएर रोएँ।

त्यो जेलमा कुहियोस्
यता आएपछि थाहा पाएँ, मलाई भारत लगेपछि बुबा खोज्न काठमाडौं आउनुभएको रहेछ। नभेटेपछि गाउँ फर्किनुभएछ। दसैंमा घर गएँ। बाबुलाई भेटेँ। कम्ती न्यास्रो लागेको थिएन। बाबु देख्दा आँशु थामिएनन्। बुबा पनि न्यास्रिनुभएको रहेछ बेस्सरी।

दसैँमा घर गएको बेला काकीको नागरिकता र सम्पर्क नम्बर ल्याएँ। काकीलाई खोज्न प्रहरीलाई मोबाइल नम्बर र नागरिकता दिएकी थिएँ। पुलिसले फेला पारेछ। प्रहरीले बबरमहलमा बोलाए।

काकी त्यहीँ थिई। मलाई देख्ने बित्तिक्कै ‘छोरी’ पो भनी ! कसरी भन्न सकेकी होली मलाई छोरी ? छोरी भए मलाई बेच्थी र ? उसको मुखभरी थुक्न मन लागेको थियो तर पुलिसले दिएन। थुक्नु हुन्न भने।

कसैको विश्वास नगर्नु
मैले कोठीमा यस्ता दिदीबहिनी पनि देखेँ, जो आफ्नै दाइ, दिदी, काका, बुबा, काकीले लगेर बेचेका थिए। यस्तो देख्दा मलाई त कसैको विश्वास नगर्नु जस्तो लाग्यो।

अब मलाई पढ्न मन छ। काम सिक्न थालेकी छु। परिवार र समाजले मलाई स्वीकार्छ कि स्वीर्कादैन थाहा छैन।
तर मलाई अहिले पनि लागिरहन्छ, मलाई लिन अमर पक्कै आउँछ।

‘चिनेजानेकाबाट जोगिनुस्’
गोविन्द थपलिया, प्रवक्ता, मानव बेचविखन अनुसन्धान ब्युरो।
भारतको यौन कोठीमा चार वर्ष बसेर फर्किएकी युवतीबारे कस्तो अनुसन्धान भइरहेको छ ?
अनुसन्धानमा कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले पीडितलाई भारतको कोठीमा लगेर बेचेको देखिएकाले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं।

अहिलेसम्मको अनुसन्धानमा के देखियो ?
उनले काममा लगाउने भनेर लठ्याउने औषधी खुवाएर भारत पु¥याएर कोठीमा बिक्री गरेको देखिन्छ। पीडितको बयानसँगै प्रमाण संकलन गरिरहेका छौं।

बेचविखनमा कस्ता बढी फस्ने गरेको देखिन्छ ?
गरिबी र शिक्षाको चपेटामा परेकाहरु नै बढी बिक्री भएको पाइन्छ। भारतमा बिक्री भएकाहरुको अवस्था हेर्दा अधिकांश नेपाल–भारत सीमा जोडिएका जिल्लाका बढी छन्।

अहिले त पुरुषहरु पनि बिक्री हुने गरेको देखियो। यसरी बेचिने महिला र पुरुषलाई कस्तो काममा लगाउने गरेको देखिन्छ ?
मानव तस्करमा पुरुष र यौनधन्दाका लागि महिलाको बिक्री हुने गरेको देखिन्छ। उनीहरुलाई तस्करहरुले प्रलोभनमा पारेको देखिएको छ।

अहिले अनुसन्धानमा रहेको केसमा आरोपी आफ्नै काकी देखिइन्। प्रायः यस्तो केसमा आफन्तै बढी संलग्न देखिने गरेको हो ?
हो। प्रायः केसमा आफन्त नै देखिन्छन्। काका, काकी, दाजुभाइ मात्रै हैन, कतिपय केसमा त बाउले छोरी बेचेका उदाहरण छन्। चिनेजानेका व्यक्ति पनि संलग्न देखिन्छन्।

कारण ?
प्रमुख कारण अशिक्षा त हुँदै हो, छिटो पैसा कमाउने रहरले गर्दा पनि गैरकानुनी काम भइरहेका छन्। दुःखको कुरा त के छ भने अझै पनि बेचिनेलाई बेच्नु अपराध हो भन्ने थाहा छैन। त्यसैले यस्ता विषयमा उजुरी पनि कम नै आउँछन्।

शुक्रवारबाट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय