याे हाे चिया नपिएसम्म काम सुरु नगर्ने घोडा

dainikonline
एजेन्सी | मंसिर १६, २०७६ सोमबार | 0

काठमाडाैं । हरेक मानिसको दिनको सुरुवात चियाको चुस्कीसंगै हुने गर्छ । हामीमा चियाको यतिसम्मको लत लागिसक्यो कि एक दिनमा पटक पटक चिया पिउन हामी तयार हुन्छौं । तर यहाँ एक यस्तो घोडाको कुरा गरिँदै छ जसले प्रत्येक बिहान चिया नपिइकन कुनै काम शुरू गर्दैन ।

यस घोडाको नाम जेक भएको बताइएको छ, जसले विगत १५ वर्षदेखि इंल्याण्डको मर्सीसाइड पुलिस विभागमा काम गरिरहेको छ । यस घोडाले बिहान काम शुरू गर्नु पूर्व एक कप चिया पिउँछ । यो उसको लत नै भइसकेको छ । जुन कुरा विभागमा काम गर्ने सबैलाई थाहा भईसक्यो त्यसैले गर्दा घोडालाई सबैले बिहान उठ्नेबित्तिकै चिया दिने गर्छन। डेली मेलका अनुसार, ‘जेकले एक पटक आफ्नो ट्रेनरको कपको चिया पिएको थियो ।

२० वर्षीय यस घोडालाई अहिले आफ्नो ट्रेनरको कपको चिया पिउने बानी नै परेको छ । उसले कुनै पनि काम बिहान चिया नपिइ शुरू गर्दैन । घोडालाई चिया पिउने लत आजभन्दा २० बर्ष अघिदेखि लागेको हो। सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै मर्सीसाइड प्रहरीले लेखेका छन्, ‘जेक आफ्नो बेडबाट तबसम्म निस्कँदैन, जबसम्म उसले चिया पिउँदैन ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय