आफू दुलही भएको फोटो पोष्ट गर्दै प्रियंकाले निकलाई भनिन्, ‘मलाई खोजेकोमा धन्यवाद’

dainikonline
एजेन्सी | मंसिर १६, २०७६ सोमबार | 0

काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले आफुलाई खोजेकोमा निक जोनसलाई धन्यवाद दिएकी छन् । उनिहरुबीच विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज…सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश…सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् ।

साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो । हामी अत्यधिक खुसी छौं ।’ निक जोनसले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा उनले लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं । म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय