मेडिकल कलेज विरुद्ध थप आन्दोलन चर्काउने विद्यार्थीको उद्घोष

dainikonline
दैनिक अनलाइन | मंसिर १५, २०७६ आइतबार | 0

काठमाडौं । अतिरिक्त शुल्क विरुद्ध आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र मेडिकल कलेजबीचको सहमति अमान्य रहेको जनाएको छ । 

मध्यराति सरकार र मेडिकल कलेज सञ्चालबीच भएको सहमतिले आन्दोलनरत अध्ययनरत विद्यार्थीहरुको आँखामा छारो हाल्ने काम गरेको विद्यार्थीहरुको भनाई छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकार र निजी मेडिकल कलेजका सञ्चालकहरुबीच भएको दुई बुँदे सहमति मेडिकल कलेज सञ्चालकको हितमा रहेको र विद्यार्थीको अहितमा रहेको टिप्पणी गरेको छ । 

विद्यार्थीहरुको हकहितमा निर्णय नभएसम्म र हरेक मेडिकल कलेजका ८ संकाय र चार वर्षमा अध्ययनरत विद्यार्थीहरुको माग पूरा नभएसम्म आफूहरु संघर्षबाट एक कदम पछि नहट्ने समितिको चेतावनी छ ।

समितिले यही मंसिर १७ गतेसम्म आफूहरुको माग अक्षरंश पालना नभए चितवन मेडिकल कलेज, नेश्नल मेडिकल कलेज, युसिएमएस, किष्टलगायत त्रि वि र के यु का हरेक विद्यार्थीहरुले संघर्षलाई थप सशक्त ढंगबाट चर्काउने र हरेक शैक्षिक कार्यक्रम अनिश्चित् कालसम्म ठप्प पार्ने चेतावनी पनि दिएको छ ।

समितिले ७ बुँदे मागपनि अघि सारेको छ । 

पत्रकार सम्मेलनमा संघर्ष समितिकी सदस्य मान्यता थापाले ३ महिनासम्म आन्दोलन चल्दा समेत सरकार गम्भीर नबनेको आरोप लगाउँनु भयो । उहाँल भन्नुभयो ‘ह्वाईट एप्रोन लगाउने विद्यार्थीहरुलाई कम्ब्याट लगाउन बाध्य नबनाईयोस् । सरकार विद्यार्थीहरुको हितको लागि किन गम्भिर नबनेको ? म प्रश्न गर्न चाहन्छु ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय