मौरीले चिनिएकाहरु, जो बने लखपती

dainikonline
दैनिक अनलाइन | मंसिर १४, २०७६ शनिबार | 0

सलिम अन्सारी, प्युठान । घर वरिपरि मौरीका घार । बारीमा पहेँलै तोरी फुलेको छ । उज्यालो भएदेखि साँझ नपर्दासम्म  मौरी भुनभुन गरिरहन्छन्।   

प्युठान नगरपालिका ७ टिकुरिका  डिमराज पोख्रेल बिहान सबेरैदेखि साँझसम्म  माहुरीसँगै खेल्छ्न । उनको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही छक्क पर्छन् । उनि साँच्चिकै माहुरीजस्तै सक्रिय छन। बुढेसकालमा पनि उनको जोस युवाको भन्दा कम छैन । फुलेको तोरीकोबीचमा  अहिले एकसय घार मौरी छन् । 

उनको दैनिकी त्यही मौरीको रेखदेख र स्याहारसुसारमै बित्छ । उनि मौरीलाई चरन क्षेत्र खोज्नेदेखि घारको व्यवस्थापन गर्नेसम्मको काम आफैं गर्छन । गाउँघरमा  मास्टरको परिचय छ पोख्रेलको। तर,  उनि अहिले मौरीपालक कृषकका रुपमा ज्यादा चिनिन्छन ।  शिक्षण पेशाबाट  अबकास पाएपछी  उनले मौरीमा हात हालेका हुन ।२०७२ सालमा २० घारबाट मौरी पालन थालेका  पोख्रेल अहिले एक सय वटा मौरि घारका मालिक भएका छन । 

यस्का लागि उनले २० लाख लगानी गरेका छन । अझै एक सय घार मौरी थप्ने योजना  रहेको पोख्रेल सुनाउँछन । सानो छ्दा घरमा बाबुले गरेको मौरी पालनलाई आफुले अघि बढाईरहेको उनको भनाई छ। उनि उमेरले उनी ५२ वर्ष लागे । र,  दुई दशक स्कुल पढाए । आई ए उत्तीर्ण गरेका छन ।   तर, कामलाई सानो ठूलो ठान्दैन्न उनि । ‘मलाई पैसा ठूलो कुरा लाग्दैन खान लगाउन पुगे हुन्छ , उनले भने, मौरी पालनलाई जीवन्त बनाउने उनको सपना छ। एक सय घार मौरीबाट उनले वार्षिक  १९ क्विन्टल मह उत्पादन गर्छन ।  

सबै खर्च कटाएर वर्षिक ५ लाख  बचत हुने उनले बताए ।  त्यस्तै,सरुमारानी ४ का टिकाराम पल्ली  जिल्लाकै पुराना ब्याबसायिक मौरीपालक कृषक मध्येका  एक हुन । उनको मौरी प्रतीको लगाव निरन्तरता लोभलाग्दो छ  । उनले २०५८  साल देखि मौरीपालन गरिरहेकै छन । ७ घारबाट ब्याबसाय सुरु गरेका उनिसंग  अहिले ७० मौरीका घार  छन। यो वर्ष मह बेचेर  ७ लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।   उनि  अरुलाई तालिम दिन पनि भ्याउँछन ।  युवाहरुलाई   मौरीपालन गर्न समेत सुझाउँछन । पोखरेल र पल्ली जस्तै मौरीमा चम्केका कृषक अरू पनि छन् ।जस्ले मौरीको मह बेचेर बर्से्नि मनग्ये कमाईरहेका छन।  

सोचे झैँ भएन परदेश
सरुमारानी ३ का काजिमान केसी धेरै पैसा कमाउने उद्देश्य बोकेर मलेसिया पुगे ।  मलेसियाको घाममा ३ वर्ष बिताए । त्यहा धेरै दुःख मेहेनत गरे । त्यसले घर गुजारा बाहेक पैसा थुप्रिएन।  मन भाचियो।उनले फेरी खाडि नफर्कने निधो गरे। र  घर मै सुरु गरे मौरी पालन। ५ बर्ष अघि केसीले मौरीपालन तालिम लिए । तालिम लिन मन त थिएन तैपनि लिए।  यस्ता तालिम सालिमले केही हुनेवाला छैन भन्ने लाग्थ्यो उनलाई । तर, नलिनु तालिम लिएपछि ध्यान दिएर सिक्नुपर्छ, कुरा सुन्नुपर्छ भन्ने लाग्यो । केसी भन्छन , उपस्थितीका लागी मात्र लिएको तालिमले मेरो व्यावसायको माध्यम नै बदल्यो। उनले तालिममा सिकेका र सुनेका कुरा व्यवहारमा उतार्न थाले । 

घारमा माहुरी भुनभुनाउन थाले । माहुरीले चाका लगाउन थाले ।घार बढाउँदै लगे, थप्दै गए । श्रम र पसिना खर्च हुँदै गयो, आम्दानी बढ्दै गयो ।  ‘ मौरी त बरदान सावित भयो’– केसी भन्छन । उनले घर परिवार छोडेर टाढा हुनु परेको, मरुभूमिमा कडा मेहेनत गर्नु परेको विगतको पीडा सुनाउँदै अहिले दुःख पीडा भुलेर गाउँमै बसेर उद्यमी बन्न पाउँदा खुसी भएको बताउँछन् । ’ उ बेला आफु बिदेशीयकोमा पछुतो लाग्ने बताउँदै उनले भने, ५० घार मौरीपाले पैसैपैसा,बिदेश भौतारिनै पर्दैन।०७२ मा लिएको तालिमले उनको मनमा आशा जगाइदियो । उनले सम्भावना देखे । त्यसैले त मौरी सहित घार बोकेर उनी चरनका लागि देशका विभिन्न ठाउँ डुल्छन । उनिसँग ३० घार मौरीघार छन।  घुम्ती माहुरी चरनबाट केसीले एक सिजनमा ३ लाख बढि कमाउछन ।   सरुमारानी ४ का अर्का मौरी कृषक हुम बहादुर थापा पनि मलेसियामा श्रम गरेर फर्किएका हुन। उनि  पनि बिगत ५ बर्ष देखि मौरीमै रमाइरहेका छन ।  उनिसंग ५० घार मौरी छ । जसबाट उनले वार्षिक झण्डै चारलाख रुपैयां कमाउँछन् । मौरीले घर खर्च सजिलै चलेकोमा उनि खुसी छन ।

छैन बजारको चिन्ता
शुद्ध मह उत्पादनको उर्वर थलो हो प्युठान। त्यसैले महको बजार पनि लोभलाग्दो छ। मह किन्नको लागि ग्राहकहरु घरमै आउँछन्।  ’उत्पादन हुनु पर्यो’ महले बजार नपाउने कुरै छैन’ मौरी कृषक पल्ली  भन्छन “ नजिकैको संकलन केन्द्रमा मह बेच्छौ, बाकी घरबाट नै बिक्रि हुन्छ।’ मह बेच्न बजारको अभाव नरहेको उनी बताउँछन । ऐरावती बहुउध्यशीय साना किसान सहकारीले पनि कृषकका उत्पादन बिक्रीमा  मात्र नभई कृषकलाई ब्याबसायिक बनाउन मद्दत गरेको छ । जिल्लामा प्रती केजि ४ सय देखि ५ सय रुपैयाँ सम्ममा मह बिक्री हुदै आएको छ । परम्परागत मौरीपालनलाई आधुनिकीकरण गरेर कृषकहरुले आम्दानी गरिरहेका छन। प्युठानमा मेलिफेरा जातको मौरी पाल्ने गरिएको छ। यहाँ उत्प मह काढ्न भ्याईनभ्याई

 प्युठानका मौरीपालकलाई हिजोआज  मह काढ्ने चटारो छ । जिल्लाको  बडडाँडा, मोतीपुर, स्वर्गद्वारी, गोठीबाङ, अमलटार,  मरन्ठाना, बिजुवार, टिकुरी, बाग्दुला, खानीखोलालगायत क्षेत्रमा मौरीका घार राखेका किसान अहिले मह काढ्न व्यस्त छन् । यहा प्रशस्त  फुल फुल्ने  बनस्पती चिउरी,तोरी लगायतका बोट भएकाले मह धेरै राम्रो उत्पादन भइरहेको छ ।’हिजोआज मह काढ्न भ्याइनभ्याइ छ ।’ कृषक केसीले भने,’ मह उत्पादन राम्रो भईरहेको छ।’ एउटा गोलाबाट सिजनमा तीन पटक सम्म मह काढ्न सकिन्छ। कात्तिक, मंसिरमा पानी नपर्दा मह उत्पादन राम्रो हुने किसानहरूको अनुभव छ । हरेक फागुन, चैत, जेठ, असार, असोज र कात्तिकमा मह निकाल्ने सिजन हो । माहुरी चरनका लागि चिउरी र अन्य बोटविरुवा तथा फुलहरु धेरै पाइने भएकाले यहाँ प्रशस्त मह उत्पादन हुन्छ । नेपाल मौरीपालन महासंघ जिल्ला शाखा प्युठानका अनुसार जिल्लामा ५० भन्दा बढी  मौरिका व्यवसायिक कृषक छन । चरन क्षेत्र राम्रो भएकाले मौरी व्यवसाय फष्टाएको संघका अध्यक्ष बिष्णु सारुले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय