पूर्वप्रेमिकाको अश्लील भिडियो परिवारलाई पठाउने नेपाली युवक अस्ट्रेलियामा पक्राउ

dainikonline
दैनिक अनलाइन | मंसिर १२, २०७६ बिहिबार | 0

काठमाडौँ । आफ्नी पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडियो उनका परिवारलाई पठाएको आरोपमा अस्ट्रेलियामा एक नेपाली विद्यार्थी पक्राउ परेका छन्। उनी अस्ट्रेलियाको एडिलेडमा विद्यार्थी भिसामा बसिरहेका थिए।

डेलिमेलका अनुसार यो अस्ट्रेलियाको इतिहासकै पहिलो ‘सेक्सटोर्सन’ केस हो। २५ वर्षीय यी युवालाई बुधबार उनकै निवासबाटै पक्राउ गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ। 

बिहीबार उनलाई एडिलेड मनिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो। कानुनी कारणले उनको पहिचान गोप्य राखिएको छ। सरकारी वकिलले उनलाई कुनै प्रकारको जमानत दिन नहुने दाबी गरेका थिए र अदालतले उनलाई पुलिस हिरासतमै राख्न आदेश दिएको छ। उनको अर्को सुनुवाइ अर्को महिना हुनेछ।

पुलिसका अनुसार ती तस्वीर र भिडियो दुबैको सहमतिमा खिचिएका थिए । तर पछि सम्बन्ध बिग्रिएपछि उनले ती तस्वीर र भिडियो महिलाका परिवारलाई पठाउने र सामाजिक संजालमा पोस्ट गर्ने धम्की दिन थालेका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय