किसानलाई गाउँपालिकाले दियो ९ वटा दूधालु भैँसी र २ राँगो

dainikonline
दैनिक अनलाइन | मंसिर ९, २०७६ सोमबार | 0

राजेन्द्र न्यौपाने
गोरखा । आरुघाट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका गरिव किसानहरुका लागि ९ वटा भैंसी र २ वटा राँगो वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दूधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरिएको हो ।

भैंसी हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पूर्ण दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा विगतका वर्षहरुदेखि नै केही बजेट विनियोजन गर्दै आएको तथा उक्त बजेटको सही सदुपयोग  भएको बताउनुभयो । ‘गरिवीलाई उकास्नका लागि मुलुकमा परिवर्तनमा आएको हो आगामी वर्ष हामी धेरै किसानहरुका लागि भैंसी, राँगो, बाख्रा, व्याड बोका वितरण गर्छौं’ उनले भने ।  

गाउँपालिकामा दूग्ध उद्योग स्थापना लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गरिएको र सबै किसान दाजुभाइ, दिदीबहिनीहरु मेहनतका साथ उत्पादनमा लाग्नुपर्ने उहाँले बताउनुभयो । आरुघाट गाउँपालिकामा उत्पादन गर्न सकिने कुनै पनि बस्तु बाहिरबाट आयात गर्न नहुने उहाँको भनाई छ । यहाँबाट उत्पादन भएका बस्तुहरु अन्य बजारमा पुर्याई त्यस क्षेत्रका नागरिकहरुको माग पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय