निर्मलपोखरीबासी भन्छन्, ‘विद्या साझा उम्मेदवार’

dainikonline
दैनिक अनलाइन | मंसिर ६, २०७६ शुक्रबार | 0

पोखरा । पछिल्लोपटक पोखरामा गाभिएर महानगर बनेको साबिक निर्मलपोखरीमा विकास पूर्वाधारहरु धमाधम बनिरहेका छन् । तीन तहका सरकार निर्माण भएपछि सडक, पुल, विद्यालय लगायतका संरचना बन्ने क्रम तीव्र छ । शुक्रबार मत माग्न पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले पनि स्थानीयको माग सुन्नुभयो । स्थानीयले विद्यालाई साझा उम्मेदवार भन्दै विकास र समृद्धिको अगुवाइ गर्न आग्रह गरेका छन् ।

उम्मेदवार विद्यालाई करिब ८ दशक पुगेकी लीलामाया भण्डारीले शुभकामना र आशीर्वाद दिनुभयो । पुल बनेपछि जीवनशैली फेरिएको उहाँले सुनाउनु भयो । उम्मेदवार विद्याले रवीन्द्रले सुरुआत गरेको विकास र समृद्धिको नेतृत्व लिनका लागि परिस्थिति र पार्टीले आफूलाई दिएको उल्लेख गर्नुभयो । उहाँको भनाई थियो। ‘अब तपाईहरुको मतले यसलाई अनुमोदन गर्न मात्र बाँकी छ ।’ नेकपाले समृद्धिको खाका तयार गरी काम थालिसकेकाले बाँकी ३ वर्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि नेकपाले नै पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेकपा केन्द्रीय सदस्य डा. विन्दा पाण्डेले बौद्धिकता, शालीन र इच्छाशक्तिसहितको उत्कृष्ट उम्मेदवार कास्की २ ले पाएको बताउनु भयो । उहाँले महिला सशक्तीकरण, युवालाई उद्यमी, पछाडि पारिएका वर्गको उत्थान र समग्र देशकै विकास लागि नेकपाको विकल्प नभएको उल्लेख गर्नुभयो ।

नेकपाले शुक्रबार दम्सादी, अम्बोट, फेदीपाटन, खरच्याङ, रघौचौर, दुवार, ठूलीस्वारा, मैदान, चापको चौर, गिरी गाउँ, थाप्ले, धुर्सेनी, लेवाडे, चिलाउनेखर्क, साम्मी लगायतका स्थानमा घरदैलो गरी मत मागेको छ ।

११ वटै वडामा ¥याली र कोणसभा
नेकपाले महिला परिचालन कमिटीको समन्वयमा शुक्रवार कास्की २ का ११ वटै वडामा ¥याली निकालेको छ । पोखरा २० को भलाममा भएको कार्यक्रममा नेतृ मनबुजा विश्वकर्माले महिला अधिकार र सहभागिताका लागि नेकपाको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेकपा २० का अध्यक्ष भीमप्रसाद बास्तोला, महिला समन्वय उपसमिति संयोजक लक्ष्मी सुवेदी, प्रचारप्रसार उपसमिति वडा नं. २० का संयोजक सुशील बस्नेत लगायतले बोल्नुभएको थियो ।

पोखरा १५ मा पनि चुनावी घरदैलो, कोणसभा, मतदाता शिक्षा लगायतका कार्यक्रम भएका छन् । यहाँ पनि महिला समन्वय समितिले ¥याली निकालेको वडाका चुनावी कमान्डर बखान सिंह तमुले जानकारी दिनुभयो । कोणसभामा गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ, नेकपा प्रदेश कमिटी सदय तेजकुमारी पौडेल, पोखरा १५ का वडा सदस्य पार्वती कार्की लगायतले समतामूलक समाजका लागि नेकपालाई जिताउनुपर्नेमा जोड दिनुभएको थियो ।

पोखरा ११ मा ¥यालीसहित कोणसभा भएको छ । कोणसभामा नेकपा केन्द्रीय सदस्य पिएल श्रेष्ठ, प्रदेश सांसद मीना गुरुङ, चुनावी कमान्डर चूडामणि जंगली लगायतले बोल्नुभएको थियो । पोखरा ४ मा प्रदेश सांसद मित्रकुमारी गुरुङ, सन्तु सुवेदी, चुनावी कमान्डर दामोदर बैरागी, नेता मदनकाजी श्रेष्ठ, महिला परिचालन कमिटी इन्चार्ज इन्द्र अधिकारी लगायतको नेतृत्वमा ¥याली निकालिएको थियो ।

महिला परिचालन कमिटी पोखरा १७ को आयोजनामा विरौटाचोकबाट सुरु भएको ¥याली ड्यामसाइड, राष्ट्र बैँक चोक, मुस्ताङचोक, विरौटा हुँदै छोरेपाटन पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष अमृता थापा, नेकपा कास्की अध्यक्ष कृष्ण थापा, अनेमसंघका सम्झना तिमिल्सना लगायतले सम्बोधन गर्नुभएको थियो ।
 
पोखरा ३३ मा नेकपाले समीक्षा बैठक गरी रणनीति बनाइरहेको प्रचारप्रसार संयोजक टुकराज भण्डारीले जानकारी दिनुभयो । पोखरा ७ मा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सीता गिरी वलीले महिलाको भावना बुझ्ने पार्टी भनेको नेकपामात्र भएको दाबी गर्नुभयो । पोखरा ७ की चुनावी कमान्डरसमेत रहेकी उनले महिला, बालबालिका, सुकुम्बासी, दलित, उत्पीडित, जनजाति लगायतलाई समेट्ने र अधिकार दिलाउने पार्टी नेकपामात्र भएको बताउनु भयो । कार्यक्रममा महिला कमिटी संयोजक टीकादेवी अधिकारी, नेकपा जिल्ला सदस्य कमला रानाभाट, नेकपा पोखरा ६ अध्यक्ष नर्मदा कँडेल, प्रभा पन्त, प्रचार संयोजक दीनबन्धु पौडेल लगायतले बोल्नुभएको थियो ।

नेकपा निर्वाचन परिचालन कमिटी र महिला परिचालन उपसमितिले पोखरा १६ मा महिला ¥यालीसहित ज्येष्ठ नागरिकको भेला गरेको छ । सभामा प्रदेशसभा सदस्यहरु पुष्पा केसी भण्डारी र मीना गुरुङ र कमला रिमालले देशलाई सक्षम बनाउन सक्षम नेतृत्व नेकपाले मात्र गर्न सक्ने बताउनु भएको थियो । 

प्रदेश कमिटी सदस्य उदयबहादुर बस्नेत, कृष्णप्रसाद अधिकारी र कुलप्रसाद भट्टराईले गाउँमा व्यस्थित विकासको थालनी र सामाजिक सुरक्षाको थालनी गरेको नेकपाले मात्रै समृद्धिको रथ हाँक्न सक्ने दावी गर्नुभएको थियो । शनिवार युवा र विद्यार्थीको ¥याली निकालिने र मंसिर ८ र ९ गने उम्मेदवारसहित घरदैलो गरिने नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।

उपनिर्वाचनलाई स्वस्थ्य र मितव्ययी बनाउँदै जनताको अभिमत लिने गरी नेकपा सक्रिय रहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले बताउनु भयो । शनिबार कास्की २ का ११ वटै वडामा युवा मार्चपास र पोखरा २० भलाममा उम्मेदवारसहित घरदैलो हुने पौडेलले जानकारी दिनुभयो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय