बजारमा प्याजको मुल्य आकाशियो

dainikonline
दैनिक अनलाइन | मंसिर ४, २०७६ बुधबार | 0

काठमाडौं । नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । भारतले गत सेप्टेम्बरमा प्रतिबन्ध लगाएपछि प्याजको भाउ आकाशिएको हो ।

बुधबार थोक बजारमै प्याजको मूल्य प्रतिकेजी  १ सय ८० रुपैंया पुगेको छ । 

खुद्रा बजारमा भने प्याज प्रतिकेजी २ सयदेखि २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अहिले बजारमा प्याजको माग बढेपनि निर्यात भने अति नै कम भएको छ। जसका कारण प्याजको मूल्य बढ्न थालेको छ।

प्याजका लागि भारतमा निर्भर रहेका नेपाल सहित बंगलादेशमा समेत प्याजको मुल्य बढेको छ । बंगलादेशका प्रधानमन्त्रीले मुल्य बढेपछि प्याज नखाने घोषणा गर्नुभएको छ ।

अरू बेला प्रतिकिलो ३० टाका  (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ। 
 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय