राति सुत्नुअघि यसरी राख्नुहोस् कपालको ख्याल

dainikonline
दैनिक अनलाइन | मंसिर २, २०७६ सोमबार | 0

कपाललाई कालो, चम्किलो र सिल्की बनाउने सबैको चाहना हुन्छ। तर चाहना हुँदाहुँदै पनि साना साना कुरामा ध्यान दिन नसक्दा कपाल बिग्रिनेको समस्या हुन्छ। आज हामी तपाईलाई राति सुत्दा कपाललाई ध्यान दिनु पर्ने केही उपायका बारेमा जानकारी दिदैछौँः

१) राति सुत्नुअघि पाँचदेखि १० मिनेटसम्म काइँयोले कपाल कोर्नुपर्छ। पछाडिबाट सुरु गरी अगाडितिर कपाल कोर्नुपर्छ। यसो गर्दा कपालमा टाँसिएको दिनभरिको धुलोमाटो हट्छ। कपाल सफा हुन्छ।

२) सुत्नुअघि कपाल बान्नुपर्छ। बानेर सुत्दा कपाल झर्दैन। 

३) कपडाले कपाललाई छोपेर सुतियो भने हाँगा फाट्ने समस्याबाट छुटकारा पाइन्छ।

४) सातामा तीन पटक कपालमा तेल लगाउनुपर्छ। यसो गर्दा कपाल झर्ने समस्याबाट राहत मिल्छ। कपालले पोषक तŒव पाउँछ। नरिवल, बदामको तेल कपालका लागि लाभदायी हो। राति सुत्नुअघि तेल लगाएर बिहान कपाल धुनुपर्छ।

५) कपालमा तेल लगाउन नरुचाउनेले हेयर सिरम प्रयोग गर्न सक्छन्। सिरम जरैदेखि लगाउनुपर्छ। यसो गर्दा कपाल अल्झिँदैनन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय