टी-१० क्रिकेटमा सन्दीपकाे कमजाेर बलिङ, एकै ओभरमा ३० रन खर्चिए

dainikonline
दैनिक अनलाइन | मंसिर २, २०७६ सोमबार | 0

काठमाडौं । यूएईमा जारी टी-१० क्रिकेटअन्तर्गत तेस्रो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खराब प्रदर्शन गरेका छन् उनले एकै ओभरमा ३० रन खर्चिए ।  उनको टिम कर्नाटका टसकर्स ५ विकेटले पराजित भयाे । 

कर्नाटकाले दिएको १११ रनको लक्ष्य डेक्कन ग्लाडियटर्सले ९ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो। डेक्कनका काइरन पोलार्डले सन्दीपको एकै ओभरमा ३० रन प्रहार गरेका थिए।

पहिलो ओभरमा ५ रन दिएका सन्दीपलाई दोस्रो ओभरमा पोलार्डले सुरुदेखि चौथो बलसम्म लगातार छक्का प्रहार गरेका थिए। टिमको छैटौं ओभर  लिएर आएका सन्दीपले  पाँचौं बलमा चौका दिए । अन्तिम बलमा पनि २ रन खर्चिए ।

सन्दीपको टिम कर्नाटका टसकर्सले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर ११० रन बनाएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय