काठमाडौँ। प्रचण्ड पुत्र स्व. प्रकाश दाहाल र सिर्जना त्रिपाठीपट्टिका छोरा प्रसिद्ध दाहालको जन्मदिनको अवसरमा खानेपानी मन्त्री बिना मगरले दुई छोराको फोटो राखेर जन्मदिनको शुभकामना दिनुभएको छ ।
प्रचण्डसँग खुमलटारमा नै बस्दै आएका सिर्जनाका छोरा प्रसिद्धलाई र आफ्नो छोरा प्रणवलाई काखमा राखेर बिनाले लेख्नुभएको छ ‘ह्याप्पी बर्थडे छोरा प्रसिद्ध ।’ उहाँले प्रसिद्ध र प्रणव खेलिरहेको तस्वीर समेत फेसबुकमा राख्नुभएको छ ।
प्रकाशले बिनासँग विवाह गरेयता सिर्जना भने पोखरास्थित माइतीमा नै बस्दै आएकी छन् । प्रचण्ड पुत्र प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो । प्रकाशको स्मृति दिवसको दुई दिनअघि छोरा प्रसिद्धको जन्मदिन परेको हो ।
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।