प्रधानमन्त्री लिपुलेकमा सुतेर संसारको ध्यानाकर्षण गर्न सक्नुपर्छ : नवल खड्का

'भारतले अतिक्रमण गरेको भूमि सरकारले फिर्ता लिन नसके जनता तयार छन्'

dainikonline
विना भट्टराई | कात्तिक २९, २०७६ शुक्रबार | 0

काठमाडौँ । फिल्म निर्माता, नायक तथा सामाजिक अभियन्ता नवल खड्काले सीमा क्षेत्रका समस्यालाई लिएर दशगजा, सुस्तालगायतका विभिन्न चलचित्र निर्माण गरिसक्नु भएको छ । सीमा क्षेत्रका समस्या नजिकबाट नियाल्नु भएका खड्काले सिमानामा काँडेतार अभियान पनि सञ्चालन गर्दै आउनु भएको छ । पछिल्लो समय भारतले नेपाली भू–भागलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । उक्त भूमि भारतले फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन पनि भइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा राष्ट्रियता र सार्वभौमसत्ताका सवालमा आवाज उठाउँदै आउनुभएका खड्कासँग विना भट्टराईले गरेको कुराकानी   
 
भारतले नेपाली भू–भागसहित राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ । यो आन्दोलनलाई कसरी लिनुभएको छ ?
राष्ट्रियताको सवालमा निरन्तररुपमा मैले यसअघि पनि संघर्ष गर्दै आएको विषय हो यो । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि मात्रै अहिले यो विषयमा सबैको ध्यानाकर्षण भएको छ । नत्र भारतले यस्ता कैयौँ स्थानमा सीमा मिच्दै आएको छ । सीमाविद्का अनुसार ७१ ठाउँमा भारतले नेपाली भूमि मिचेको भन्ने छ तर वास्तवमा १०० भन्दा बढी स्थानमा भारतले सीमा अतिक्रमण गरेको छ । हाम्रो राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि भारतले गरेको नाङ्गो र भद्दा प्रहार हो । यसको म घोर भत्र्सना गर्दछु । भारतले नेपालीमाथि निकै निन्दनीय कार्य गरेको छ । भारतले कालापानी र लिपुलेक मात्र हैन अतिक्रमण गरेका सबै भूमि नेपाली जनतासँग माफी मागेर भारतले फिर्ता गर्नुपर्छ । भारतले अहिले नेपालमाथि एकदमै हेपाहा प्रवृत्ति देखाएको छ । यसको जति निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । माटो भनेको आमा हुन् । आमामाथि भारतले बारम्बार बलात्कार गरेको छ । नेपाली जनतालाई यो सह्य भएको छैन ।

हाम्रो प्रधानमन्त्री उक्त सिमानामा गएर सुत्न सक्नुपर्छ र संसारको ध्यानाकर्षित गर्न सक्नुपर्छ । देशको माटोका लागि, त्यहाँका जनताको रक्षाका लागि देशको प्रधानमन्त्री सिमानामा गएर सुतेको छ भन्ने संसारलाई थाहा हुन जरुरी छ ।

सीमा विवादको समस्या समाधानका लागि राजनीतिक नेतृत्व कति गम्भीर छ ? 
राष्ट्रियताको सवालमा, देशको सवालमा, जनताका पीडामर्का बुझ्ने सवालमा  राजनीतिक दलका नेताहरुले काम नगरेको मैले देखेको छु । सीमामा बस्ने मानिसहरु राति नेपाली भएर सुत्छन् तर बिहान उठ्दा भारतीय बनिसक्छन् । राति नै पिलर सारेर भारतीयले नेपाली भूमि आफ्नो भागमा लिन्छ, उनीहरुलाई पत्तै हुँदैन । हामी नेपाली हौँ र यो भूमि नेपाली हो भनेर सीमानाका नेपालीले ठूलो संघर्ष गर्दै आएका छन् । नेपाली भएर मर्न पाऊँ भन्ने उनीहरुको चाहना छ । देशको सरकार छ कि छैन भनेर त्यहाँका नेपाली जनताले महशुस गर्न पाएका छैनन् । र, राजनीतिक दलका नेताहरुले पनि उनीहरु हाम्रा नेपाली हुन् भनेर ध्यान दिएका छैनन् । चुनावका लागि भोट माग्न जाने, जितिसकेपछि त्यहाँका समस्या नबुझ्ने स्थिति धेरै ठाउँमा छ । 

यो समस्या अब अन्तर्राष्ट्रियकरण हुनुपर्छ । नत्र हाम्रो मुलुक प्यालिस्टाइन जस्तो हुन्छ । जसरी प्यालिस्टाइन देश गुमेपछि मात्र अन्तर्राष्ट्रिय अदालत पुगेर देश फिर्ता पाऊँ भनेर निवेदन हालेको थियो ।

देशको सार्वभौमसत्ताका लागि जनतामात्र चिन्तित देखिएका हुन् त ? 
राजनीतिक पार्टीका नेताहरुले लामो समयदेखि भारतको गुलामी गर्दै आएका छन् । उनीहरुका छोराछोरीलाई पनि छात्रावृत्तिमा भारतले पढाइदिने, चुनाव खर्च त्यतैबाट ल्याउने, विभिन्न शीर्षकमा बजेट ल्याउने भएपछि उसले त हैकम जमाउने नै भयो । सानो सानो स्वार्थमा भारतसँग बिक्री भएका कारण हाम्रो देशका राजनीतिक नेताहरुले भारतसँग ठूला कुरा गर्न सक्दैनन् । आफ्ना कुराहरु दह्रो अडानका साथ राख्न सक्दैनन् । पञ्चायतकालदेखि आजको मितिसम्म त्यो प्रवृत्ति हराउन सकेको छैन । वीपीदेखि केपीसम्मका पालामा पनि त्यो प्रवृत्ति दोहोरिएको छ । यसकारण यिनीहरुले आफ्ना कुरा राख्न नसक्दा, सम्बन्धित निकायसम्म पु¥याउन नसक्दाको यो परिणाम हो । हुँदाहुँदा कालापानी, लिम्पियाधुराको भू–भाग समेत भारतले आफ्नो नक्सामा पारिसक्यो । 

यो समस्या सुल्झाउन के गर्नु पर्ला ? 
यो समस्या सुल्झाउन पहिलो कुरा चाहिँ कुटनीतिक तवरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्रीले कुरा गर्नुप¥यो । यदि त्यसो गर्न सकिएन र त्यहाँबाट यो समस्या पार लागेन भने दोस्रो कुरा अन्तर्राष्ट्रिय अदालतमा जानु पर्छ । सँगसँगै हाम्रो प्रधानमन्त्री उक्त सिमानामा गएर सुत्न सक्नुपर्छ र संसारको ध्यानाकर्षित गर्न सक्नुपर्छ । देशको माटोका लागि, त्यहाँका जनताको रक्षाका लागि देशको प्रधानमन्त्री सिमानामा गएर सुतेको छ भन्ने संसारलाई थाहा हुन जरुरी छ ।

हामी एक दिन सुस्ताको फिल्म बनाउन जाँदा त भारतीय सुरक्षाबलले हामीलाई घेरा हालेर झण्डै मारेनन् । त्यहाँका मानिसले त त्यो समस्या कति भोग्नु पर्छ ? हामीले छायाङ्कनका क्रममा यो भूमि त हाम्रो हो, हामीले आफ्नै भूमिमा काम गर्न नपाउने भन्दा भूमि नेपालको हो तर यहाँ शासन हाम्रो चल्छ भन्ने जवाफ दिए । त्यहाँ सामान्य सिपाहीले हामीलाई थर्कायो । नेपालका चर्चित कलाकार राजेश हमाल, निखिल उप्रेतीलगायत हामी त्यहाँ पुगेका थियौँ । तर त्यो सिपाहीसँग पनि हाम्रो सुरक्षाकर्मी निरीह देखिनु प¥यो । हाम्रा सुरक्षाकर्मीले एक शब्द पनि बोल्न सकेनन् । नेपालको सुरक्षा व्यवस्था त्यति कमजोर छ । आत्मबल त्यस्तो छ । त्यस्तो सुरक्षाबलबाट त्यहाँका नेपाली जनता कसरी सुरक्षित हुने ?

जब समस्याले ठूलो रुप ल्याउँछ तबमात्र आवाज उठाउने गरिन्छ । समस्या केही शान्त हुनेबित्तिकै वास्तै नगर्ने प्रवृत्ति देखियो नि है र ?  
यो निकै ठूलो दुर्भाग्य हो । नेपालमा अहिले यस्तै भएको छ । कालापानी, लिपुलेकको समस्या अहिलेको समस्या हैन । ७० वर्ष पुरानो समस्या हो । जसको समाधान राजनीतिक तवरबाट हुनुपर्ने हो भएन । अहिले भारतले मानचित्रमै समावेश गरेपछि मात्रै यसले तरङ्ग पैदा ग¥यो । यसलाई निकै ठूलो दुर्भाग्य मान्नुपर्छ । वास्तवमै यो गलत काम भएको छ । राजनीतिक तवरबाट यो समस्या समाधान हुनुपर्ने हो । जनताले मात्र गरेर यो समस्या हल हुने भए उहिल्यै नवल खड्काले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालिसक्थ्यो । त्यहाँ व्यक्ति गएर मात्र हुँदैन, संस्था गएर हुँदैन, राज्य नै जानु पर्छ । तबमात्रै त्यसको सुनुवाई हुन्छ । मैले त १२–१५ वर्ष अघिदेखि नै सीमा समस्या समाधान हुनुपर्छ भनेर आवाज उठाइरहेको छु । देश भनेकी आमा हुन् । आज आमामाथि अन्याय भएको छ । आमामाथि छिमेकीको गिद्धे नजर परेको छ । हामीलाई हेप्ने प्रवृत्ति हावी भइरहेको छ । यो हाम्रा लागि सह्य छैन । यो समस्या अब अन्तर्राष्ट्रियकरण हुनुपर्छ । नत्र हाम्रो मुलुक प्यालिस्टाइन जस्तो हुन्छ । जसरी प्यालिस्टाइन देश गुमेपछि मात्र अन्तर्राष्ट्रिय अदालत पुगेर देश फिर्ता पाऊँ भनेर निवेदन हालेको थियो । जबसम्म देश छ तबसम्म उनीहरु नेपालका नेता जस्तै आलटाल गरेर बसे । देश गुमेपछि मात्र उनीहरु जागरुक भए र अन्तर्राष्ट्रिय अदालतको शरणमा पुगे । भनेपछि नेपालको अवस्था पनि त्यही हो । यो अवस्था आउँछ भनेर मैले र मजस्ता थुप्रै जनताले सीमा समस्या समाधान गरिनुपर्छ भन्ने आवाज उठाउँदा त्यसको सुनुवाई भएन । आज देशको केही भूभाग गुमिसकेपछि फिर्ता पाऊँ भनेर अन्तर्राष्ट्रिय अदालतमा निवेदन हाल्ने दिन आयो कि आएन ? 

अब हाम्रा १८ वर्षमाथिका जति नागरिक छन्, उनीहरुलाई सेनाको तालिम दिनु पर्छ भन्ने मेरो मान्यता छ । र जसरी भारतले लिपुलेक, कालापानी भू–भागलाई आफ्नो देशको भनेर राजनीतिक नक्सा सार्वजनिक ग¥यो, नेपालले पनि त्यसको काउन्टरका लागि टिष्टादेखि काँगडासम्मको भूमिलाई आफ्नो भागमा पारेर राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्छ । किनकि हामीले सुगौली सन्धि इष्ट इण्डियासँग गरेका थियौँ । त्यो अघि त हाम्रो भू–भाग टिष्टादेखि काँगडासम्म फैलिएको थियो । त्यसैले भारतलाई काउन्टर दिनका लागि टिष्टादेखि काँगडासम्मको भूभागलाई हाम्रो भनेर देखाउने गरी नेपालले राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्छ । त्यतिमात्र हैन अब भारतीय विज्ञापन र चलचित्रमा पनि नेपालले प्रतिबन्ध लगाउनु पर्छ । उनीहरुको व्यापारमा कटौती गर्नुपर्छ । त्यो हैसियत नेपाल सरकारसँग हुनुपर्छ । तबमात्र भारत आफ्नो लाइनमा आउँछ । नत्र यसको यो प्रवृत्ति दोहोरिरहन्छ । जस्तो नाकाबन्दीकै समयमा केही गर्नुपर्छ, स्वावलम्बी बन्नुपर्छ भनेर धेरै आवाज उठे । तर नाकाबन्दी हटेपछि त्यो सबै साम्य भयो । कतिपय नेताहरुले त नाकाबन्दी भएकै हैन पनि भन्न भ्याए । गुलामी कुन हदसम्म छ भन्ने त त्यसैबाट प्रष्ट हुन्छ नि ।

काँडेतार अभियानको अभियन्ता हुनुहुन्छ । सीमा समस्यालाई लिएर थुप्रै चलचित्र पनि निर्माण गर्नुभएको छ । सिमानाको समस्या नजिकबाट नियाल्नुभएको छ । सीमा क्षेत्रका मुख्य समस्या के के देख्नुहुन्छ ?  
त्यहाँको मुख्य समस्या त रातारात नेपालीहरु भारतीय बनेका छन् । थाहै नपाई, आफ्नै भूमि भारतले लगेको छ । त्यस्तै लागुऔषध ओसारपसार, आतङ्ककारीको हव, चेलिबेटीमाथि बलात्कारका समस्या व्याप्त छन् । अर्को समस्या आफ्नो जमिनमै वर्षभरि मेहनत गरेर उब्जाएको अन्नबाली पनि भारतीयले लुटेर लैजाने गर्दछन् । तर नेपाली पनि रमिते बनेर बस्नुपर्ने अवस्था छ । आफ्नै जमिनमा उब्जिएको अन्नबाली पनि उनीहरुले आफ्नो भन्न पाएका छैनन् । सरकार त्यसका लागि बोल्दैन । उनीहरु बोल्दा ज्यानै खतरामा पर्छ । यस्तो अवस्था सीमामा रहेका नेपालीले भोगेका छन् । त्यस्ता समस्या लिएर हामीले दशगजा, सुस्ता भन्ने फिल्म बनायौँ । हामी एक दिन सुस्ताको फिल्म बनाउन जाँदा त भारतीय सुरक्षाबलले हामीलाई घेरा हालेर झण्डै मारेनन् । त्यहाँका मानिसले त त्यो समस्या कति भोग्नु पर्छ ? हामीले छायाङ्कनका क्रममा यो भूमि त हाम्रो हो, हामीले आफ्नै भूमिमा काम गर्न नपाउने भन्दा भूमि नेपालको हो तर यहाँ शासन हाम्रो चल्छ भन्ने जवाफ दिए । त्यहाँ सामान्य सिपाहीले हामीलाई थर्कायो । नेपालका चर्चित कलाकार राजेश हमाल, निखिल उप्रेतीलगायत हामी त्यहाँ पुगेका थियौँ । तर त्यो सिपाहीसँग पनि हाम्रो सुरक्षाकर्मी निरीह देखिनु प¥यो । हाम्रा सुरक्षाकर्मीले एक शब्द पनि बोल्न सकेनन् । नेपालको सुरक्षा व्यवस्था त्यति कमजोर छ । आत्मबल त्यस्तो छ । त्यस्तो सुरक्षाबलबाट त्यहाँका नेपाली जनता कसरी सुरक्षित हुने ?

मेरै कुरा गर्नुहोस् न । मैले त्यहाँको समस्यालाई उठाएर दशगजा फिल्म बनाएँ । त्यहाँ त्यत्रो संघर्ष गरेर बनाएको फिल्म ५ वर्ष प्रतिबन्ध लगाइयो । विभिन्न किसिमका धम्की दिए, तँ भारत विरोधी भनेर । मैले आफ्नो माटो जोगाउनु पर्छ, हेपिनु हुँदैन, आत्मबल बलियो हुनुपर्छ भनेर आवाज उठाउँदा म कसरी भारत विरोधी भए । जब देशको कुरा गर्छ, राष्ट्रियताको कुरा गर्छ, त्यो व्यक्ति भारत विरोधी हुन्छ ? यो कस्तो खालको सोच हो ? कस्तो खाले सिष्टम हो ?


  
यसको मतलब सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मी कमजोर भएका कारण सीमा क्षेत्र असुरक्षित भएको हो ? 
नेपालीहरुको रगत त्यति कमजोर हैन । उनीहरुले त्यहाँ केही भयो भने एक्सन लिन्छन् । तर उनीहरुले त्यहाँ केही गर्नेबित्तिकै माथिबाट तँ किन बाठो भएको भन्ने आदेश आउँछ । त्यही कारणले उनीहरु कारबाहीमा पर्छनन् । कतिको सरुवा हुन्छ, कतिको घटुवा हुन्छ । मै हुँ भनेर राष्ट्रवादीको कुरा गर्ने व्यक्तिलाई त यहाँ पुरस्कार हैन कारबाही हुन्छ । मेरै कुरा गर्नुहोस् न । मैले त्यहाँको समस्यालाई उठाएर दशगजा फिल्म बनाएँ । त्यहाँ त्यत्रो संघर्ष गरेर बनाएको फिल्म ५ वर्ष प्रतिबन्ध लगाइयो । विभिन्न किसिमका धम्की दिए, तँ भारत विरोधी भनेर । मैले आफ्नो माटो जोगाउनु पर्छ, हेपिनु हुँदैन, आत्मबल बलियो हुनुपर्छ भनेर आवाज उठाउँदा म कसरी भारत विरोधी भए । जब देशको कुरा गर्छ, राष्ट्रियताको कुरा गर्छ, त्यो व्यक्ति भारत विरोधी हुन्छ ? यो कस्तो खालको सोच हो ? कस्तो खाले सिष्टम हो ? 

दशगजाका पिलरहरु सारिएको देखेपछि मलाई सीमा सुरक्षाका लागि सिमानाकामा सिल गरिनुपर्छ भन्ने महशुस भएर नै मैले काँडेतारको अधियान सञ्चालन गरेको हुँ । त्यसैले ३, ४ वर्षदेखि हामी हाम्रो सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्छ, हाम्रा पुस्ताले टिस्टासम्मको जमिन फिर्ता गरेपछि जंगे पिलर ठड्याउनु पर्छ । जसरी ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरा गरे, त्यसरी नै हामीले पनि हाम्रो सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्छ । नत्र त विश्वका मुलुकले नेपाललाई त अपराधिक गतिविधिको हव मानिसकेका छन् । विभिन्न किसिमबाट हाम्रो भूमि सिध्याउने योजना बनिरहेको छ । नेपाललाई सिक्किम जस्तो बिलय बनाउने खेल भइरहेको छ । त्यो खेल हाम्रो लिपुलेक, कालापनीबाट सुरुवात गरिसकेको छ ।

यत्रो समय भइसक्यो । खै अहिलेसम्म समस्या समाधान भएन । जहिले वार्ता भन्यो, जनतालाई झुक्यायो । अहिलेसम्म कतिवटा वार्ता भए । तर समस्या ज्यूँका त्यूँ नै छ । कालापानीकै विवाद भएको त ७० वर्ष भयो । त्यही बेलादेखि अहिलेसम्म कतिवटा वार्ता भए ? यो त जनतालाई झुक्याउने काम भएन र ? देशका नेताहरु त आफ्नो कुर्सी मात्र हेर्ने भए । 

ठिकै छ केही गर्न नसक्ने भए यो ठाउँदेखि यो ठाउँसम्मको जमिन हाम्रो हो भनेर देखाइदिए हामीले त्यहाँ काँडेतार लगाउँछौँ । लाग्ने खर्च जनताले नै व्यर्होछौँ । म त्यो अभियानको सुरुवात गर्न तयार छु भन्दा पनि सरकारले बाटो देखाइदिन सकेको छैन । हाम्रो बोर्डरको सही पहिचान गराइदिए मात्र हामी काँडेतारको सुरुवात अहिलेदेखि नै गर्न तयार छौँ ।  

जसरी ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरा गरे, त्यसरी नै हामीले पनि हाम्रो सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्छ । नत्र त विश्वका मुलुकले नेपाललाई त अपराधिक गतिविधिको हव मानिसकेका छन् । विभिन्न किसिमबाट हाम्रो भूमि सिध्याउने योजना बनिरहेको छ । नेपाललाई सिक्किम जस्तो बिलय बनाउने खेल भइरहेको छ । त्यो खेल हाम्रो लिपुलेक, कालापनीबाट सुरुवात गरिसकेको छ ।

 

भारतले आफ्नो नक्सामा राखिसकेको भूमि फिर्ता गर्ला त ? 
पक्कै पनि गर्नुपर्छ । राजनीतिक तवरबाट यो काम हुन नसके जनताले आफ्नो भूमि फिर्ता लिन्छन् । नेतृत्वमा पुगेको व्यक्तिले एउटा हस्ताक्षर गरे हुने कामका लागि किन पूरै देशका जनता भिड्ने भनेर मात्र हो । जनताले यतिबेला नेतृत्वको निर्णय पर्खिरहेका छन् । नेतृत्वले निर्णय गर्न नसके जनता आफै आफ्नो माटो बचाउन अघि सर्ने छन् ।   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय