आलमको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता शम्भु थापालाई हटाउन सर्वोच्चमा निवेदन

dainikonline
दैनिक अनलाइन | कात्तिक २८, २०७६ बिहिबार | 0

काठमाडौं । रौतहटको राजपुरमा जिउँदै मान्छेलाई इटाभट्टामा जलाएर मारेको अभियोग लागेका काँग्रेस सांसद मोहम्मद अफ्ताव आलमको पक्षमा बहस गर्ने बरिष्ट अधिवक्ता शम्भु थापालाई आफ्नो कानुन व्यवसायीबाट हटाउँन माग गर्दै सर्वोच्चमा निवेदन परेको छ ।

सुरक्षाकर्मीको १६ बर्षे पेन्सन कायम रहनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिएका प्रहरी जवान दिपेन्द्र चन्दले कानुन व्यवसायीबाट हटाउँन माग गर्दै निवेदन दिनुभएको हो ।

आलम जस्ता अभियुक्तको पक्षमा बहस गर्ने अधिवक्ता थापाले हजारौं निमुखा प्रहरी जवानको पक्षमा कुशलतापूर्वक बहस गर्न नसक्ने चन्दले निवेदनमा उल्लेख गर्नु भएको छ ।

राजपुर बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आलमको पक्षमा बहस गरेको भन्दै  यतिवेला अन्य अधिवक्ताहरुको समेत सामाजिक सञ्जालमा आलोचना भैरहेको छ ।

तर,१२ बर्ष अघिको त्यो घटनाका दोषी आलम अहिले पक्राउ पर्नुमा राजनीतिक प्रतिशोध हुनसक्ने र आलम अपराधी घोषीत नभइसकेको सन्दर्भमा अभिवक्ताहरुले बहस गर्ने अधिकार संवैधानिक रहेको कतिपयको बुझाई छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय