प्रेमिकालाई नाङ्गै बनाएर भिडियाे, माेटाे रकममा बार्गेनिङ

dainikonline
दैनिक अनलाइन | कात्तिक २५, २०७६ सोमबार | 0

काठमाडाैं ।  ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले मोटरसाईकलमा सवार एक युवा र युवतीलाई बन्धक बनाई तथा अपहरण गरि अश्लिल भिडियो बनाई पैसा माग्ने युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहागरपालिका ३ खमारी निवासी १९ बर्षीय बिमल वली, सोही ठाउँ निवासी १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन सोमवार विहान दुई राउन्ड फायरिङ गर्नु परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए ।

युवा युवतीलाई बन्धक बनाउने र अश्लिल भिडियो बनाउने मध्यका तुलसीपुर ३ कै २३ बर्षीय ईश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले जनाएको उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ । गत शनिवार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाईकलमा तुलसीपुर उपमहानगरपालिका ३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएर अश्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।

 ५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरण पछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लिल्ता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गे्निङ गर्ने गरेको प्रहरीले जनाएको छ ।उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाईल समेत खोसेर लगेका थिए । सोही जाहेरीका आधारमा सोमवार एका विहानै प्रहरी तुलसीपुर ३ खमारी क्षेत्रमा परिचालित भएको र उनीहरु भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय