भलिबलः किर्गिस्तानलाई पराजित गर्दै नेपाल विजयी

dainikonline
दैनिक अनलाइन | कात्तिक २५, २०७६ सोमबार | 0

काठमाडौँ । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । 
    
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो। 

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको हो। जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ। नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय