भारत विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि लाठी प्रहार, केहि प्रकाउ

dainikonline
दैनिक अनलाइन | कात्तिक २४, २०७६ आइतबार | 0

काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँमा आयोजित विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ। 

प्रदर्शनको क्रममा २ दर्जनभन्दा बढी पक्राउ परेका छन् । प्रहरीले लाठि प्रहार गर्दा केहि विद्यार्थी घाइते समेत भएका छन् ।

भारतीय अतिक्रमणको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन लगायतको आयोजनामा भएको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको हो । 

प्रहरीले विरोध प्रदर्शन गर्ने २ दर्जन विद्यार्थीलाई पक्राउ गरेको हो । विभिन्न ठाँउमा विरोध पर्दशनमा उत्रेका  विद्यार्थीहरुलाई प्रहरीले ठाउँठाउँमा हस्तक्षेप गरेको हो ।

कालापानी हाम्रो हो भन्दै प्रदर्शन गर्ने युवामाथि दमन गर्ने प्रहरीको चौतर्फी आलोचना भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय