साप्ताहिक राशिफल (कार्तिक २४ देखि ३० गतेसम्म)

dainikonline
दैनिक अनलाइन | कात्तिक २४, २०७६ आइतबार | 0

मेष
मान सम्मान इज्जत प्रतिष्ठाहरु बढ्नेछन्। आय आर्जनमा राम्रो प्रगति उन्नति हुनेछ। स्वास्थ्यमा केहि समस्याहरु देखा पर्ला। विद्या बुद्धि बढ्नेछ। यात्रा अकस्मात् बन्न सक्नेछ। दाजुभाइ पारिवारिक र इष्टमित्रहरु बिचको सम्बन्ध सहकार्यहरु भने राम्रो देखिएको छ। नचाईंदा झूटा आरोपहरु पनि सहनुपर्ला। छात्र छात्रालाई साता उत्कृष्ट रहेको छ। व्यापारी वर्गको लागि साता मध्यम छ। राजनितिक क्षेत्रमा समस्याहरु बन्न सक्नेछन्।

वृष
मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। दाजुभाइ र दिदीबहिनी बिचको प्रेम र सदभावहरु बढ्ला। व्यापार व्यवसायमा लाभको साता छ। राजनितिक र सामाजिक क्षेत्रमा भने निकै राम्रो उन्नति र प्रगति छ। अकस्मात् देश विदेश को योग बन्ला। धार्मिक तिर्थ स्थलका यात्राका योगहरु पनि बन्न सक्ने देखिन्छ। सन्तान सुख शान्ति र समृद्धि रहने देखिन्छ। कृषि क्षेत्र बाट निकै लाभ छ। आय आर्जनका मार्गहरु प्रशस्त रूपमा बन्नेछन्। केहि झूटा आरोप प्रत्यारोपहरु भने लाग्न सक्ने देखिन्छ।

मिथुन
मनमा उत्साह र उमङ्गहरु बढ्लान्। मान सम्मान इज्जत प्रतिष्ठाहरु बढ्नेछन्। स्वास्थ्यमा केहि समस्याहरु भने देखापर्न सक्नेछ। पारिवारिक सूख शान्ति समृद्धि रहला। धनलाभको योग बन्नेछ। यात्रा हजुरको लागि सुखद हुनेछ। दाजुभाइ परिवार कुलकुटुम्ब बीचको सहयोग प्राप्त रहन सक्नेछ। माता पिताको आशिर्वाद पूर्ण रूपमा रहला।

कर्कट
आय आर्जनका मार्गहरु बन्नेछन्। केहि डुबेको सम्पति फर्कन सक्नेछ। नचाहिदा झुटो आरोप प्रत्यारोप सहनु पर्ला। मनमा कौतुहलता र चिन्ता रहनेछ। दाम्पत्य र पारिवारिक जीवनमा केहि अफ्ठ्यारा पक्षहरु नरहला भन्न सकिन्न। सन्तान सुख शान्ति र समृद्धि बन्नेछ। व्यापारमा लाभको साता मिलेको छ। राजनितिक क्षेत्रमा केहि अफ्ठ्यारा वातावरणहरु सिर्जना हुन सक्नेछ। यात्रा हजुरको सुखद रहन सक्नेछ।

सिंह
विद्या बुद्धि बदन सक्नेछ। जागिरेहरुको लागि ठाउँ परिवर्तन हुन सक्नेछ। स्वास्थ्यमा केहि समस्याहरु रहन सक्ला। यात्रामा निकै ख्याल पुर्याउनु पर्ने अवस्था रहेको छ। पारिवारिक र दाम्पत्य जीवनमा कष्ट को साता बित्न सक्नेछ। मनमा कुराहरु धेरै खेल्नेछन्। नचाहिदा झूटा आरोप प्रत्यारोप सहनु पर्ला। अध्यात्मक धार्मिक क्षेत्रमा सरिक हुने साता रहेको छ। आर्थिक पक्षमा भने मध्यम छ। नयाँ सवारी साधनका योग बन्नेछन्।

कन्या
दाम्पत्य र पारिवारिक जीवनमा सुख शान्ति रहला। विद्या संस्थामा काम गर्ने महानुभावहरुको लागि साता निकै पीडामा बित्न सक्नेछ। छात्र छात्राहरुलाई भने साता निकै राम्रो देखिएको छ। खेलाडीहरुको लागि साता सामान्य रहेको छ। साहित्य संगीत कलाका सर्जकहरुका लागि साता निकै उत्कृष्ट रहन सक्नेछ। देश विदेश को यात्रा को अवस्थाहरु मिल्न सक्नेछन्। साता बुधबार, बिहीबार र शुक्रबार राम्रै तरिकाले बित्न सक्नेछ। स्वास्थ्यमा केहि समस्याहरु रहन सक्नेछन्।

तुला
मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। यात्रा अकस्मात् बन्न सक्नेछ। व्यापार व्यवसायमा मध्यम छ। राजनितिक क्षेत्रमा भने निकै पीडा खेप्नुपर्ने अवस्था देखिएको छ। दाम्पत्य र पारिवारिक जीवनमा सुख शान्ति समृद्धि रहला। खेलाडीहरुको लागि साता मध्यम छ। धार्मिक कार्यमा सरिक हुनाले मनमा उत्साह र उमङ्गहरु बढ्नेछ। कूटनीतिक विभागमा काम गर्नेहरुलाई निकै पीडाको साता बित्ने जस्तो देखिन्छ। बैंक, बितिय संस्थामा निकै राम्रो उन्नति प्रगति रहला। न्याय क्षेत्र बाट पनि उचित न्याय प्राप्त हुन सक्नेछ। साहित्य संगितमा निकै राम्रो प्रदर्शन हुनेछ।

वृश्चिक
साता निकै उत्कृष्ट रहेको छ। रोकिएका कामहरु बन्लान्। न्याय क्षेत्र बाट पनि उचित न्याय प्राप्त हुने अवस्था देखिएको छ। व्यापार व्यवसायमा सामान्य लाभ छ। नया कार्यको थालनी होला। नया सवारी साधनको योग बन्नेछ। घरपरिवारको सहयोग प्राप्त रहनेछ। मनमा कार्यहरुका दुबिधा पक्षहरु रहनेछन्। छात्र छात्राहरुका लागि साता निकै उत्कृष्ट रहेको छ। आय आर्जनका मार्गहरु प्रशस्त बनेता पनि रोकेका काममा भने केहि भूमि सम्बन्धि विवादहरु बढ्ने अवस्था यो सातामा देखिन्छ। यात्रा हजुरको लागि सुखद पक्षमा रहने छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

धनु
रोकिएको कामहरू बन्नेछन्। छात्र छात्राहरुको लागि साता निकै राम्रो देखिएको छ। अमूल्य सुन गरगहनमा भने केहि विवाद हजुरको घरमा रहन सक्ने देखिएको छ। प्रेम प्रेमिका विच सम्बन्धमा केहि अफ्ठ्यारा पक्षहरु रहला। व्यापार व्यवसायमा मध्यम लाभको साता रहेको छ। साहित्य संगीतका सर्जकहरुलाई साता उत्कृष्ट रहला। साता मध्यम रहेको छ। न्याय क्षेत्रमा कार्य गर्नेहरुका लागि निकै तनावको साता बित्न सक्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख शान्ति रहनेछ। घरपरिवारको सहयोग प्राप्त रहला। स्वास्थ्यमा निकै विचार पुर्याउनु पर्ने साता रहेको छ।

मकर
राजनितिक र सामाजिक क्षेत्रमा त्यति लाभको साता मिल्ने छैन। व्यापार व्यवसायमा मध्यम लाभ छ। यात्रा हजुरको लागि सुखद देखिन्छ। धार्मिक क्षेत्रमा सरिक हुने साता रहेको छ। साहित्य संगीतका कलाका सर्जकहरुलाई साता निकै राम्रो तरिकाले बित्ने छ। कृषि क्षेत्र भने सामान्य देखिएको छ। अकस्मात् धन लाभको योगहरु बन्न सक्नेछन्। घरपरिवारमा केहि दरारको स्थितिको साता रहन सक्ने देखिन्छ। छात्र छात्राहरुका लागि साता निकै उत्कृष्ट तरिकाले बित्ने देखिन्छ भने पारिवारिक उन्नति प्रगति निकै राम्रो रहेको छ। नयाँ कार्यको थालनी बन्ला। स्वास्थ्यमा केहि समस्याहरु आउन सक्नेछन्।

कुम्भ
नयाँ कार्यको थालनी हुन सक्ने साता रहेको छ। मनमा निकै उत्साह र उमङ्गहरु बढ्नेछन् तर पारिवारिक रूपमा केहि अफ्ठ्यारा पक्षहरु नहोला भन्न सकिन्न। नयाँ सन्तानका योगहरु बन्न सक्ने पनि देखिएको छ। राजनितिक क्षेत्रमा निकै पीडादायिक समयका साता बित्न सक्ने देखिन्छ। धार्मिक कार्यमा भने निकै राम्रो देखिएको छ। व्यापार व्यवसायमा मध्यम छ। छात्र छात्राहरुका लागि साता निकै राम्रो देखा परेको छ। न्याय क्षेत्रमा काम गर्नेहरुलाई साता निकै बाधक बनेर रहन सक्ने अवस्था रहेको छ। बैंक बितिय संस्थामा भने राम्रो देखिएको छ। कूटनीतिक विभागबाट भने केहि तनावको अवस्थाहरु यो साता रहने देखिन्छन्।

मीन
विद्या बुद्धि बढ्न सक्नेछ। कृषि क्षेत्रमा लाभपद को साता बित्न सक्ने देखिएको छ। व्यापार व्यवसाय मध्यम देखिएको छ। नया कार्यको थालनी रहला। देश विदेशबाट खुसीको खबर सुन्न पाउनु हुनेछ। छात्र छात्राहरुका लागि भने साता मध्यम रहेको छ। राजनितिक र सामाजिक कर्मीहरुका लागि साता त्यति लाभपद रहने छैन। व्यापारी क्षेत्रको लागि नयाँ कार्यको योगहरु बनेको छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। सन्तान सुख शान्ति समृद्धि प्राप्त हुनेछ। आयका मार्ग प्रशस्त बनेतापनि बिच बीचमा केहि अफ्ठ्यारा पक्षहरु रहन सक्नेछन्। दाम्पत्य र पारिवारिक जीवनमा सूख शान्ति समृद्धि रहला।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय