नेपालको गेष्ट हाउसमा भारतीय न्यायाधीश, महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ

dainikonline
एजेन्सी | कात्तिक २४, २०७६ आइतबार | 0

काठमाडाैं । नेपालको एक गेष्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा तीन भारतीय न्यायाधीश पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश रहेका छन् ।

उनीहरुलाई निलम्बन गर्ने भारतको सर्वोच्च अदालतले बिहार सरकारलाई अनुमति दिएको त्यहाँको सञ्चार माध्यमले बताएका छन् । यी न्यायाधीशलाई नेपालको एक गेष्ट हाउसमा नेपाली प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए ।

प्रहरीले उनीहरु न्यायाधीश रहेको थाहा पाएपछि छोडेको थियो । तर, उक्त घटना उल्झिएपछि उनीहरुमाथि छानविन हुँदा कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि निलम्बन गर्न अनुमति दिइएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय