यौनसम्पर्कबाट पनि डेंगु भएको पुष्टी

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौँ । विश्वमा पहिलो पटक यौनसम्पर्कबाट डेंगु सरेको पुष्टी भएको छ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु यौनसम्पर्कबाट सरेको यो पहिलोले चिकित्सकलाई मसेत चकित बनाएको छ। स्पेनका ४१ वर्षीय एक व्यक्तिमा यौनसम्पर्कबाट डेंगु सरेको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ। 

ती पुरुषलाई क्युबा भ्रमणमा रहेका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो। मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन्।

उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो।

लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

- पेट दुख्ने

- नाक वा गिजाबाट रगत बग्ने

- रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।

–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने

–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने

–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने

–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय