२ महिनादेखि शवका साथ बस्दै आएकी थिइन् महिला, यसरी खुल्यो रहस्य

dainikonline
एजेन्सी | कात्तिक २३, २०७६ शनिबार | 0

उत्तर प्रदेश । उत्तर प्रदेशको अयोध्यामा एक आश्चर्यजनक घटना सार्वजनिक भएको छ। जहाँ एक महिला आफ्नी आमा र बहिनीको शवसँग दुई महिनादेखि बस्दै आएकी थिइन्। 

उत्तर प्रदेशको देवकली प्रहरी चौकीमा आदर्श नगर क्षेत्रमा छिमेकीले तिब्र रुपमा गन्ध आइरहेको गुनासो गरे। गाउँका मानिसको गुनासोपछि घटनास्थल पुगेको प्रहरीटोली त्यहाँको दृष्य देखेर चकित बन्यो। जहाँ २ महिनादेखि एक महिला २ शवसँग बस्दै आएकी थिइन्। 

दिपा नामकी ती महिला आफ्नै आमा पुष्पा श्रीवास्तव र बहिनी विभाको मृत शरीरका साथ बस्दै आएकी थिइन्। 

भारतीय प्रहरी अधिकारीका अनुसार दिपाका पिता विजेन्द्र श्रीवास्तवको सन् १९९० मा मृत्यु भएको थियो। उनी आफ्नी आफ्नी आमा र अन्य दुई बहिनीका साथ बस्दै आएकी थिइन्। बाबुको मृत्यु भएको केही दिनपछि उनकी एक बहिनीको पनि मृत्यु भयो। 

पिताको मृत्यु भएपछि पूरै परिवार मानसिक बिरामी भएका थिए। उनीहरुले छिमेकीसँग कुराकानी गर्न पनि बन्द गरे। मानसिक रोगका कारण दिपाकी आमा पुष्पा र उनकी बहिनी विभाको दुई महिनाअघि मृत्यु भयो। त्यसपछि उनी दुई शवसँग बस्दै आएकी थिइन्। 

मृत्यु भएको दुई महिना भइसकेका कारण शव निकै सडेको थियो। शवको शरीरमा हड्डी मात्र देख्न सकिन्थ्यो। प्रहरीले उक्त शव बरामत गरेर पोस्टमार्टमका लागि पठाएको थियो। पोष्टमार्टम रिर्पोटबाट उनीको दुई महिनाअघि मृत्यु भएको थाहा भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय