एमसीसीसँग नेपाल १ सय ३३ रनले पराजित

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब एमसीसी सँग नेपाल १ सय ३३ रनले पराजित भएको छ । 

किर्तिपुर स्थ्ति टियु क्रिकेट मैदानमा भएको खेलमा १९० रनको लक्ष्य पच्छ्याएको नेपाल १३ दशमलव १ ओभरमा ७६ रनमै अलआउट भएको हो ।

नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । कुशल भुर्तेलले १४, सन्दिप जोराले १६, भीम सार्कीले १३ रन बनाए । 

नेपाल रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय