नेपाल र एमसीसीबीच टी–ट्वेन्टी क्रिकेट आज

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आज नेपालसँग  टी–ट्वेन्टी  क्रिकेट खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ । एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्ध पहिलो टी–ट्वेन्टी क्रिकेट खेल्न लागेको हो । नेपाली टिमको कप्तानी रोहितकुमार पौडेलले गर्ने छन् ।

पहिलो एकदिवसीय खेलमा एमसीसीसँग नेपाली यू–१९ टिम पराजित भएको थियो । तर, सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।

नेपालविरुद्धको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठूलो अन्तरको जित आत्मसाथ गरेको थियो ।

टी–ट्वेन्टी  पछि एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण–११ र मुख्यमन्त्री–११ सँग दुई टी–ट्वेन्टी   क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय