सागका लागि महिला फुटबल टोली घोषणा

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) खेल्ने महिला फुटबल टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन् ।

टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् । यस्तै डिफेन्समा पूजा राना, मनमाया लिम्मु, कविता धिमाल, पूजा जर्घामगर, गीता राना रहेका छन् ।

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।

गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय