इरानसँग पराजित नेपाल बाहिरियो

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४–० को फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

इरानलाई उसकै घरेलु मैदानमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २३ मिनेट भित्रै चार गोल खाएको थियो ।

खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० को बनाए ।

नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।

जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा छ ।  पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।

छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट (यूएई) सँग ४–० ले पराजित भएको थियो ।

इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३–० ले पराजित गरेको थियो ।

शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले यूएईलाई २–० ले हराएको छ । 

अब नेपालले छनोटको अन्तिम खेलमा आइतबार किर्गीस्तानको सामना गर्नेछ । 

यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय