भारतको नयाँ नक्साप्रति एनआरएनएको आपत्ति

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौँ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भू-भाग समेटिएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनएले) ले पनि आपत्ति जनाएको छ।

शुक्रबार एनआरएनका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गदैभारत सरकारको सो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरू क्षुब्द भएको बताउनुभएको छ। 

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै 

प्रेस विज्ञप्ति : भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं ।

कुमार पन्त,
अध्यक्ष
८, नोभेम्बर,२०१९

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय