अमिताभमाथि लाग्यो यस्तो आरोप, शिवसेना सडकमा

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

एजेन्सी । कौन बनेगा करोडपतिको ६ नोभेम्बरमा प्रसारण भएको एपिसोडबाट अमिताभ बच्चन विवादमा तानिएका छन्। 

सामाजिक सञ्जालका प्रयोग कर्ताले  #BoycottKBCSonyTV ट्रेड गरिरहेका छन्। यस ह्याशटेग गर्नेले अमिताभमाथि केबीसीको एपिसोडको शोमा छत्रपति शिवाजीको अपमान गरेको आरोप लगाएका छन्। 

त्यतिमात्र हैन कोल्हापुरको शिवाजी पुतला चोकमा शिवसेनाका कार्यकर्ता अमिताभ बच्चनको विरुद्धमा नाराबाजी गर्दै सडकमा उत्रिएका छन्। विवाद चर्किन थालेपछि सोनी टिभीले यस मामिलामा ट्वीट मार्फत माफी पनि मागेको छ। 

सोनी टिभीले लेखेको छ, 'असावधानीका कारण बुधबारको केबीसी एपिसोडका क्रममा छत्रपति महाराजका नाम गलत ढंगमा लेखिएको थियो। यसका लागि हामीलाई पछुतो छ। दर्शकको भावनाको ध्यान राख्दै पछिल्लो एपिसोडका लागि हामीले खेद व्यक्ति गर्दछौँ।' 

के हो विवाद ?
हालै केबीसीको एक एपिसोडमा अमिताभ बच्चनले मुगल बादशाह औरंगजेबसँग सम्बन्धित प्रश्न गरेका थिए।प्रश्न थियो, यिनीहरु मध्ये कुन शासक मुगल सम्राट औरंगजेबका समकालिन थिए ? जसको अप्सनमा राखिएको थियो, महानारायण प्रताप, राणा सांगा, महाराजा रंजीत सिंह र शिवाजी । शो मा छत्रपति शिवाजी महाराजको नाम मात्र शिवाजी भनेर उल्लेख गरिएको थियो। यसैका कारण अमिताभ विवादमा आएका हुन्।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय