यी हुन् दुनियाकै सबैभन्दा महंगी बेहुली, तर वास्तविकता छ अर्कै

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

एजेन्सी । महिलाको आकारमा बनेको विश्वकै सबैभन्दा महंगो केक यतिबेला निकै चर्चामा छ। पछिल्लो समय दुबईको वल्र्ड ट्रेड सेन्टरमा यस विषयले निकै चर्चा पाएको छ। 

उक्त केक बेलायतबाट ल्याएर त्यहाँ राखिएको बताइएको छ। बेहुलीको आकारमा देखाइएको उक्त केक झटट् हेर्दा बेहुलीको भेषमा सजिएकी युवती जस्तै देखिन्छ। यस केकको मूल्य सात करोड रहेको छ। जसलाई विश्वकै सबैभन्दा महंगो केक बताइएको छ। यसको वजन १२० किलोको छ। 

दुबईको वल्र्ड ट्रेड सेन्टरमा प्रदर्शनका लागि राखिएको उक्त केकको रोचक कुरा त के छ भने त्यसमा तीन क्यारेटको हिरा लगाइएको छ। त्यसपछि त्यसमा लेसवर्क गरिएको छ। त्यतिमात्र हैन उक्त केकमा साना साना मोती पनि लगाइएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय