कानको समस्या लिएर अस्पताल पुगे युवक, चेकजाँचपछि चिकित्सक चकित

dainikonline
एजेन्सी | कात्तिक २२, २०७६ शुक्रबार | 0

चीन । एक युवा कान दुखाईको समस्या लिएर अस्पताल पुगेका थिए। चिकित्सकले अब उनको कानको चेकजाँच गरे, तब चिकित्सकनै आश्चर्यमा परे। 

घटना चीनको गुन्जायो प्रन्तको हो। त्यहाँका २४ वर्षीय युवक कान दुख्ने समस्या लिएर अस्पताल पुगेका थिए। जब कानको चेकजाँच गरे, तब चिकित्सक समेत हैरान भए। चेकजाँचका क्रममा चिकित्सकले उनको कानभित्र १० वटा भन्दा बढी साङ्लाकिरा (कक्रोज) भएको थाहा पाए। 

चिकित्सकले उनको कामबाट साना साना साङ्लामात्र हैन एउटा ठूलै साङ्लो पनि निकाले। जो अरु साङ्ला किराकी आमा थिइ।

चिकित्सकका अनुसार युवकको कानमा ती साङ्ला किरा कहिलेदेखि पसेको भन्ने बारे भने थाहा हुन सकेको छैन्। 

चिकित्सकका अनुसार ती साङ्लाले युवकको कानको आन्तरिक नलीमा निकै नोक्सान पु¥याएका छन्। समाचारका अनुसार ती व्यक्तिले प्राय ओछ्यानमै बसेर खाना खाने र जुठा भाँडाकुँडा पनि त्यही आसपास राख्ने गरेका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय