विश्वका ५२ प्रतिशत मानिसमा मात्र इन्टरनेटको पहुँच

dainikonline
एजेन्सी | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडाैं । विश्वभरीका महिलाहरूमध्ये ४८ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेको र पुरुषहरूमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेको अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको ‘मेजरिङ डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ प्रतिवेदनले औंल्याएको छ ।

अमेरिकामा बाहेक अन्य देशहरू तथा क्षेत्रहरूमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरूको संख्या महिलाको तुलनामा निकै माथि रहेको छ । अमेरिकामा भने यो संख्या करिब समानजस्तै छ । आईटियूका महासचिव हौउलिन झाओले विश्वको जनसंख्याको आधा भन्दा बढिले इन्टरनेट प्रयोग गरिरहेको बेलामा नयाँ रिपोर्टले कनेक्टिभिटीको विषयलाई थप बुझ्न सहयोग गर्ने बताईन् । रिपोर्टमा डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरूमा कम हुँदै गएपनि अफ्रिका, अरब मुलुकहरू र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको छ ।

विशेषगरि अति कम विकसित मुलुकहरूमा यो भिन्नता अधिक रहेको छ । आईटीयूको डाटाअनुसार ९७ प्रतिशत विश्व जनसंख्या हाल मोबाइल सेलुसर सिग्नलका साथमा रहेको र नेटवर्क पुगेको मध्ये ९३ प्रतिशत थ्रजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् । अमेरिकी मुलुकहरू, युरोप र एशिया प्यासिफिक क्षेत्रमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या ३जी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कमा आबद्ध रहेका छन् ।

यस्तो संख्या अरब मुलुकहरूमा ९१ प्रतिशत छ भने कमनवेल्थ स्वतन्त्र राज्यहरूमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरूमा ७९ प्रतिशत रहेको छ । आईटियूकाअनुसार अझै करिब ३ अर्ब ६० करोड मानिसहरू अफलाइनमा रहेका छन भने ४ अर्ब १० करोड मानिसहरू इन्टरनेटमा जोडिएका छन् ।

कुल विश्व जनसंख्याको ५३.६ प्रतिशत मानिस इन्टरनेट प्रयोग गर्दछन् । तथ्यांकअनुसार अति कम विकसित मुलुकहरूमा अधिक मानिसहरू इन्टरनेट भन्दा बाहिर छन जहाँ १० मध्ये २ जनामात्र इन्टरनेट प्रयोग गर्दछन् । सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचमा हुने आईटियूको अनुमान छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय