सरकारले ल्यायो शिक्षामा नयाँ नीति

dainikonline
दैनिक अनलाइन | कात्तिक २१, २०७६ बिहिबार | 0

काठमाडौँ । सरकारले शिक्षामा नयाँ नियम ल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय शिक्षा नीति-२०७६ सार्वजनिक गरेको हो। 

उक्त नीतिमा प्रधानमन्त्रीको अध्यक्षमा ‘उच्च शिक्षा परिषद’ गठन गर्ने व्यवस्था गरिएको छ। एक वर्षदेखिको लामो गृहकार्यपछि तयार भएको शिक्षा नीतिलाई गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो।

शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सरकारले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। यो  नीति सार्वजनिक भएसँगै अब स्थानीय तहमा पनि शिक्षा ऐन बनाउन सहज हुने छ। 

यो नीतिले शिक्षामा तीनै तहको सरकारको कार्यक्षेत्रसमेत स्पष्ट पारेको छ। 

सो शिक्षा नीतिले नेपाललाई निश्चित विषयमा विश्वस्तरको शिक्षा प्रदान गर्ने केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि लिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनु भयो । 

शिक्षक सेवा आयोगको सिफारिसमा मात्रै शिक्षकहरुलाई स्थायी गर्ने नीतिगत व्यवस्था पनि सो नीतिमा समावेश गरिएको छ । मन्त्री पोखरेलले ५ वर्ष भित्र सबै विद्यालय तहको शैक्षिक क्षमतालाई सुदृढ बनाउने नीतिगत व्यवस्था गरिएको पनि बताउनु भयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय