आकाशबाट बर्सियो चाँदीको बर्षा, टिप्न मानिसहरुको तछाडमछाड

dainikonline
एजेन्सी | कात्तिक २१, २०७६ बिहिबार | 0

काठमाडौँ । आकाशबाट हामीले पानी र असिना वर्सिएको त देखेकै छौँ होला। तर सुनचाँदी बर्सिको देख्ने त परै जाओस् धेरैले सुनेका पनि छैनौँ होला। तर भारतको बिहारमा यस्तै रोचक घटना भएको छ। 

बिहारको सीतामढीस्थित सुरसण्डी भन्ने स्थानमा आकाशबाट पानी हैन चाँदी बर्सिएको खबर फैलिएको छ। त्यस क्षेत्रमा बिहान मानिसहरुलाई उक्त कुराले आचश्र्य चकित बनायो। त्यतिमात्र हैन आकाशबाट चाँदी वर्षीएको कुराले मानिसहरु चाँदी टिपनका लागि हातहातमा भाँडा लिएर तछाडमछाड गर्न थाले। 

मानिसहरुले एकअर्कालाई अचानक सडकमा यति धेरै चाँदी कहाँबाट आयो भनेर प्रश्न सोधिरहेका थिए। या कोही चोर वा तस्कर चाँदीका दाना कुनै बोरामा यहीबाटो लिएर जाँदै थियो भनेर आशंका पनि व्यक्त गरिरहेका थिए। 

जानकारहरुले सडकमा भेटिएका चाँदी निकै शुद्ध भएको बताएका छन्। यतिधेरै चाँदी सडकमा भेटिएपछि मानिसहरुले आकाशबाट बर्सिएको भन्ने अपवाह समेत फैलाएका छन्। 

यस रोचक घटनामा उक्त बाटो नेपालको सीमा नाका भएका कारण तस्कर वा चोरको मामिला हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस विषयमा जानकारी पाएर तत्काल उक्त स्थान पुगेको प्रहरी पनि बाटोमा फिचारिएका चाँदीका दाना देखेर चकित बनेका छन्। 

यस मामिलामा अहिलेसम्म कुनै सत्यतथ्य सत्ता लाग्न सकेको छैन्। प्रहरीले अनुसन्धानलाई तिब्र बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय