मरेको २७ दिनपछि हिँड्दै घर पुगेपछि...

dainikonline
एजेन्सी | कात्तिक २१, २०७६ बिहिबार | 0


काठमाडौँ । सुन्दा अचम्म लाग्न सक्छ कोही मरिसकेको व्यक्ति फेरी हिँड्दै हिँड्दै घर फर्कियो भन्दा कुनै फिल्मको दृश्यमा जस्तै लाग्ने एउटा समाचार बाहिरिएको छ । भारतीय सञ्चार माध्यम आजतकले लेखेको समाचार अनुसार नोयडामा एक २५ बर्षिया महिलासँग यस्तै अचम्मको घटना घटेको छ ।

परिवारले उनलाई मरेको सम्झेर दाहसंस्कार गरिदिएको थियो । तर २७ दिनपछि उनी हिड्दै घर आइन । परिवारलाई यो निक्कै ठुलो आश्चर्यको विषय बनेको थियो । पहिले त उनका अभिभावकलाई विश्वास लागेको थिएन जसको उनीहरूले दाहसंस्कार गरेका थिए उनै अगाडि आउँदा की यो तिनै नीतू  हुन् भनी जसले सास लिँदै थिइन र जिउँदो थिइन् ।

घटना यस्तो थियो

नीतू आफ्नो घर देखी हराइन् । परिवारले प्रहरीमा निवेदन दिए । प्रहरीले निताको श्रीमान् राम लखन माथि शङ्का गर्‍यो । पछि प्रहरीले राम लखनलाई दोषी पाएन । नीतूको परिवारलाई एउटा मृत शरीर देखाए जुन नोयडाको सेक्टर ११५ मा भेटेका थिए जसको शरीर पुरै डढेको थियो । परिवारलाई उक्त शरीर नीतूको जस्तोलागेको थियो । प्रहरीले डीएनए स्याम्पल नजाँची सहजै सो शव दिएको थियो । परिवारले अन्तिम संस्कार गरेको थियो । तै पनि प्रहरीले सत्य पत्ता लगाउन घटनाको अनुसन्धान गरिरह्यो ।

पछि प्रहरीले यो पत्ता लगायो की नीतू एटामा बस्ने एक व्यक्ति पुराणसँग बस्दै छ भन्ने । नीतू त्यहाँबाट ५ तारिख भागेको पनि पत्ता लाग्यो । नीतू परिवार भएको ठाउँमा पुगिन । अहिले प्रहरी जसको दाहसङ्कार भएको थियो उस्को पहिचान गर्न अनुसन्धानरत छन् 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय