बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | कात्तिक २१, २०७६ बिहिबार | 0

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ। 

आज छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय