काठमाडौं । एक नेपाली आरोहीले नयाँ विश्य कीर्तिमान कायम गरेका छन ।
आरोही निर्मल पुर्जाले सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नु भएको हो ।
आज बिहान चीनको शीशापाङ्मा हिमाल आरोहण गरेर उहाँले नयाँ रेकर्ड कायम गर्नु भएको हो।
पुर्जाले सामाजिक सञ्जालमार्फत आरोहण सफल भएको जनाउँनु भएको छ।
“MISSION ACHIEVED !” says @nimsdai from the summit of #Shishapangma #14peaks7months #History
— Nirmal Purja MBE (@nimsdai) October 29, 2019
At 8:58 hrs local time, Nims and his team reached the summit of Shisha Pangma. Team Members includes: Mingma David Sherpa, Galjen Sherpa and Gesman Tamang.#BremontProjectPossible pic.twitter.com/PeYUVQ7RnL
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा सगरमाथा चढ्ने अठोट गरेर पुर्जाले आरोहणको सिलसिला शुरू गर्नु भएको थियो । पुर्जाले गत अप्रिलमा आफ्नो अभियान शुरू गर्नु भएको थियो ।
नेपालले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उहाँले अक्टोबरमा अनुमति पाउँनु भएको थियो ।
३६ वर्षीय पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती हुनु भएको थियो ।
ब्रिटिस सेनामा काम गरिसक्नु भएकाका उहाँले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहणसहित यो कीर्तिमान राखेका हुन् ।
यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उहाँले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका गर्नुभएको थियो ।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उहाँले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गर्नु भएको थियो ।
सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गर्नु भएको थियो ।
संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।
पुर्जाले गएको एप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढ्नु भएको थियो । उहाँले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो ।
उहाँले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गर्नु भएको थियो।
उहाँले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढनु भएको थियो।
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।