सन्ध्या आचार्य ‘छमछमी सिजन ४’को विजेता

dainikonline
रासस | कात्तिक १०, २०७६ आइतबार | 0

काठमाडौं । हेटौंडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता हुनुभएको छ । 

 पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बन्नुभएको हो । उहाँलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गर्नुभएको थियो ।  

विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो । अन्तिम पाँच प्रतियोगिमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य हुनुहुन्थ्यो । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो । 
    
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय