वडाध्यक्षले स्कुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

dainikonline
दैनिक अनलाइन | कात्तिक ९, २०७६ शनिबार | 0

बैतडी । बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चक्रप्रसाद शर्माले स्कुलको नाममा दर्ता जमिन अतिक्रमण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

स्थानीयले वडाध्यक्ष शर्मा सहित केदारेश्वर उच्च माध्यामिक विद्यायलका प्रधानाध्यापक लक्ष्मण दत्त बाग र विद्यालय व्यवस्थापन समिति विरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष शर्माले स्कुलको जमिनमा ढुंगाखानी बनाइ लाखौं रुपैयाँ बराबरको ढुंगा बेचेको, पछि सो ढुंगाखानीमा स्कुलको लागि खेलमैदान बनाउने भन्दै वडाबाट बजेट विनियोजन गरेर स्कुलको अनुमती र निर्णय बिना स्कुलको जमिनमा फिल्ड निर्माण गरिएको, फिल्ड निर्माणका भर्पाइहरुमा मजदुरहरुको कीर्ते दस्तखत गरि रकम कुम्ल्याइएको आरोप लगाइएको छ ।

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय