तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो

dainikonline
रासस | कात्तिक ८, २०७६ शुक्रबार | 0

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । 

बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य १० ले वृद्धि भई प्रतितोला  ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय