नेप्से बढ्यो

dainikonline
दैनिक अनलाइन | कात्तिक ६, २०७६ बुधबार | 0

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७९ अङ्कले बढेर १ हजार १४२ दशमलव ६० बिन्दूमा पुगेको छ । कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।

यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १.६८ अङ्कले घटेर २ सय ५० दशमलव १७ अङ्कमा पुगेर बन्द भएको छ । बुधबार कारोबारमा आएका सबै समूह सूचक हरिया देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ४८ अंकले बढेको छ । त्यस्तै, होटल समूह २१ र हाइड्रो समूह १६ अंकले बढेको छ भने बाँकी समूह सामान्य अङ्कले उकालो लागेका छन् । यस दिन पनि प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ ।

केही दिनदेखि प्रभुको कारोबार उच्च हुँदै आएको छ । प्रभु बैङ्कको आज दुई करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचकमा सुधार आएको दिन नेको इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ । उता दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय