कारागारमा सामूहिक सेक्स पार्टी, महिलाहरुका भित्री वस्त्र फेला

dainikonline
एजेन्सी | कात्तिक ६, २०७६ बुधबार | 0

काठमाडौं । यो घटना ब्राजिलको एक जेलमा कैदी जीवन बिताइरहेका तीन महिलाको हो । समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन बिताइरहेका तीन जना महिलाहरुले सामूहिक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटिएका प्रहरीहरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे ।

प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागी भए । ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधिक मदिरासेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे । उनीहरु आफूमात्र भागेनन्, जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् ।

मध्यरातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ती महिलाहरुले सेक्सका लागि अफर गरे । प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए । ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको रक्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधिदिए । अन्तिममा सबै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे ।

जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेका छन । ती महिलाको आग्रहमा फस्ने प्रहरीलाई अहिले निलम्बन गरिएको छ भने उनीहरुको खोजी कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय