आगामी वर्षसम्ममा बालमैत्री वडा घोषणा गरिने

dainikonline
दैनिक अनलाइन | कात्तिक ५, २०७६ मंगलबार | 0

दाङ । घोराही उपमहानगपालिका वडा नं. १४ को वडास्तरीय बाल संजालले शुभकामना आदानप्रदान सम्पन गरेको छ । वडास्तरीय बाल संजालको आयोजनामा भएको कार्यक्रममका बोल्ने वक्ताहरुले समाज परिर्वतनका लागि बाल बालिकाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । 

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही उपमहानगरपालिका बालमैत्री नगर बनाउनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरे । प्रमुख अतिथि डाँगीले आगामी बर्षसम्म वडा नं. १४ लाई  बालमैत्री घोषणा गर्ने तयारी रहेको बताउँदै त्यसका लागि बालबालिकाले सहयोग गर्नुपर्ने उल्लेख गरे । 

त्यस अपसरमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख शशी शर्माले बालबालिकाहरु दुव्र्यसनबाट बच्नुपर्ने बताए । कार्यक्रममा वडा सदस्य गुलाम रशुल, फूलमति नेपाली, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, युवामोर्चाका अनिल सेर्पाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । बाल संजालका अध्यक्ष चन्द्रप्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमला डाँगीले गरेकी थिइन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय